काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको बैठकले क्रियाशील सदस्यता वितरण र नवीकरणसँग सम्बन्धी गतिविधिबारे जानकारी लिन र तोकिएको समयमा अनिवार्य सम्पन्न गराउन छ जना नेतालाई जिम्मेवारी दिएको छ।
नेता आनन्दप्रसाद ढुङ्गाना र जीवन परियारलाई १ नम्बर र २ नम्बर प्रदेशको जिम्मेवारी दिएको हो।
बागमती र गण्डकी प्रदेशको जिम्मेवारी नेता श्यामकुमार घिमिरे र प्रदीप पौडेल तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको जिम्मेवारी नेताहरू कल्याणकुमार गुरूङ र योगेन्द्र चौधरीलाई समितिले दिएको हो।
जिम्मेवारी पाएका नेताहरूले जिल्ला सभापति, क्षेत्रीय सभापति र मातहत तहको सभापतिसँग सम्पर्क गरी क्रियाशील सदस्यता वितरण र नवीकरणसम्बन्धी जिल्लाहरूमा भइरहेको कार्य प्रगतिको पछिल्लो अवस्थाको जानकारीसँगै तोकिएको समयमा तोकिएअनुसारको सम्पूर्ण काम गर्न गराउनुपर्ने छ।
यही फागुन ११ गते बस्ने समितिको बैठकमा नेताहरूले छलफलका लागि भएका क्रियाशील सदस्यता वितरण र नवीकरणसँगै अन्य प्रगतिको विवरण पेस गर्नुपर्नेछ।
बैठकले केन्द्रीय क्रियाशील समितिको सचिवमा पार्टी कार्यालयका सचिवद्वय डा. प्रदीप पराजुली (प्राविधिकतर्फ) र अधिवक्ता केशव रिजाललाई प्रशासनसँगै निर्णय प्रक्रियातर्फ नियुक्त गर्ने निर्णय गरेको छ।
मनोनित सचिव रिजालले फागुन ११ गते बस्ने बैठकमा पार्टीको १३ औं महाधिवेशनको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको कार्यविधिलाई संशोधन र परिमार्जन गरी मस्यौदा प्रस्तुत गर्ने छन्।
" /> काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको बैठकले क्रियाशील सदस्यता वितरण र नवीकरणसँग सम्बन्धी गतिविधिबारे जानकारी लिन र तोकिएको समयमा अनिवार्य सम्पन्न गराउन छ जना नेतालाई जिम्मेवारी दिएको छ।नेता आनन्दप्रसाद ढुङ्गाना र जीवन परियारलाई १ नम्बर र २ नम्बर प्रदेशको जिम्मेवारी दिएको हो।

">