संखुवासभा। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले संसद विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला आफूहरूले स्वीकार गर्ने बताएका छन्।
जननिर्वाचित संसद विघटनको विरोधमा नेकपाले शनिबार खाँदबारीमा गरेको जनसभालाई सम्बोधन गर्दै उनले फैसला स्वीकार गर्ने बताएका हुन्। पुनले प्रधानमन्त्री केपी ओलीले संविधानमा उल्लेख नभएको अधिकार प्रयोग गरी असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै उनले अदालतले संसद पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरे।
“न्यायालयले संविधानको अक्षर, भावना र मर्म तथा संविधानसभाको विधायकी मनसायअनुसार फैसला गर्नेछ भन्ने हाम्रो विश्वास छ’, पुनले भन्नुभयो, ‘न्यायालयले गर्ने फैसला हामी स्वीकार गर्छौं।”
फरक प्रसंगमा पुनले जनयुद्धका घाइते, अपांग र शहीद परिवारको भावनामा नलेख्न सरकारलाई चेतावनी दिए। ओली सरकारमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री रहेका पुनले गृहमन्त्री रामबहादुर थापा बादललाई तीन वर्षसम्म घच्घच्याए पनि सिन्को नभाँचेको टिप्पणी गरे। “तीन वर्षमा घाइते, अपांग, शहीद परिवारलाई राहत घोषणा गर्न पटकपटक भनेको थिएँ,” उनले भने, “त्यतिबेला सिन्को भाँच्नुभएन, अहिले भावनामा खेल्ने प्रयास गरिरहनुभएको छ।”
पुनले आफूहरूको ध्यान ओलीको जस्तो व्यक्तिवादी ‘बा’ पार्टी निर्माणमा नभई विचार, विधि र पद्धति आधारित पार्टी बनाउने अभियानमा रहेको उल्लेख गरे। पुनले आफूले जनयुद्धका क्रममा पूर्वका संखुवासभासहित धेरै जिल्लामा काम गरेको स्मरण गर्दै त्यहाँका जनतासँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताए।
संखुवासभा जलविद्युतको प्रचुर सम्भावना रहेको जिल्ला भन्दै उनले अरुण तेश्रो, माथिल्लो अरुण, अरुण चौथो, किमाथाङ्काजस्ता जलविद्युत् आयोजना निर्माण भइरहेको उल्लेख गर्दै ती आयोजनाले जिल्लाको समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे। यस्तै, उत्तर–दक्षिण कोशी लोकमार्ग संखुवासभाको समृद्धिको अर्को अधार भएको बताए।
" /> संखुवासभा। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले संसद विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला आफूहरूले स्वीकार गर्ने बताएका छन्।जननिर्वाचित संसद विघटनको विरोधमा नेकपाले शनिबार खाँदबारीमा गरेको जनसभालाई सम्बोधन गर्दै उनले फैसला स्वीकार गर्ने बताएका हुन्। पुनले प्रधानमन्त्री केपी ओलीले संविधानमा उल्लेख नभएको अधिकार प्रयोग गरी असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै उनले अदालतले संसद पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरे।

">