काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् पुनर्स्थापना भए आन्दोलन गर्ने भनाइलाई लिएर आलोचना गरेका छन्।
उनले प्रधानमन्त्रीको भनाइलाई पदीय गरिमा विपरीतको मन्तव्य भनेका छन्।
“दबाबमा नपरोस् भन्ने तर चर्को दबाबको अभिव्यक्ति दिने प्रधानमन्त्रीको मन्तव्य पदीय गरिमा विपरीत छ”, सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै प्रवक्ता शर्माले भनेका छन्।
प्रधानमन्त्री ओलीले न्यायलयको फैसला कहिल्यै स्वीकार्छौं नभन्ने गरेको प्रवक्ता शर्माको आरोप छ। उनले चेतावनी दिने प्रधानमन्त्रीको जंगे शैली लोकतान्त्रिक हुन नसक्ने पनि बताए।
प्रदेश १ को राजधानी विराटनगरमा शनिबार पार्टीले आयोजना गरेको आमसभामा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन संविधानसम्मत गरिएको भन्दै प्रतिनिधिसभा पुनर्स्थापना नहुने र यदि भए आन्दोलन गर्ने बताएका थिए।
सोही आमसभामा प्रधानमन्त्री ओलीले आफू नेतृत्वको नेकपाले गरेको आमसभाहरूमा सहभागीको सङ्ख्यालाई न्यायलयले हेरेकै होला भनेकोमा कांग्रेसका अर्का नेता गगनकुमार थापाले पनि आलोचना गरेका छन्।
न्यायलयले हेर्ने मान्छेको सङ्ख्या नभइ संविधानको धारा रहेको उनले बताएका छन्। उनले भनेका छन्, “अदालतले बिना भय संविधानसम्मत् निर्णय गरोस्।”
थापाले विराटनगरको आमसभामा सहभागीको भीडलाई प्रधानमन्त्रीले सत्ता उन्मादमा शक्तिको दुरूपयोग गरेर देखाएको भिड भएको टिप्पणी गरेका छन्।
उनले ट्वीट गर्दै भिड नाप्ने जिम्मा जनताको भएको बताए।
" /> काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् पुनर्स्थापना भए आन्दोलन गर्ने भनाइलाई लिएर आलोचना गरेका छन्।उनले प्रधानमन्त्रीको भनाइलाई पदीय गरिमा विपरीतको मन्तव्य भनेका छन्।

">