काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले ‘गणतन्त्र’ लाई दलहरूले गाईजात्रा बनाएको टिप्पणी गरेका छन्।
प्रधानमन्त्री ओली नेतृत्वको नेकपा, प्रचण्ड नेतृत्वको नेकपा र कांग्रसले गर्दै आएको प्रदर्शनलाई लक्षित गरेर अध्यक्ष थापाले उक्त टिप्पणी गरेका हुन्।
प्रतिनिधिसभा विघटनपछि ओली नेतृत्वको नेकपा प्रतिनिधिसभा विघटन संविधानसम्मत र ताजा जनादेशका लागि जनतासामु जान खोज्नु लोकतान्त्रिक भएको भन्दै प्रचण्ड समूहको चर्को आलोचना गर्नमा व्यस्त छ।
प्रचण्ड समूह र कांग्रेस पनि ओलीले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदम भन्दै आन्दोलनमा छ।
यी परिघटनाबीच अध्यक्ष थापाले आज बिहान सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उक्त टिप्पणी गरेका हुन्।
उनले भनेका छन्, “आफ्नो पक्षमा फैसला नआए आन्दोलन गर्ने प्रमको चेतावनी, राष्ट्रपति र सरकारको निर्णयको उपराष्ट्रपतिद्वारा विरोध, सभामुखद्वारा राष्ट्रपति, प्रम, प्रधानन्यायाधीशविरुद्ध मुद्दा हाल्ने र सडक प्रदर्शन गरी दलका नेताहरूले अदालतलाई तर्साउने, धम्क्याउने कार्यहरूले गणतन्त्रलाई गाईजात्रा बनाए।”
" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले ‘गणतन्त्र’ लाई दलहरूले गाईजात्रा बनाएको टिप्पणी गरेका छन्।प्रधानमन्त्री ओली नेतृत्वको नेकपा, प्रचण्ड नेतृत्वको नेकपा र कांग्रसले गर्दै आएको प्रदर्शनलाई लक्षित गरेर अध्यक्ष थापाले उक्त टिप्पणी गरेका हुन्।

">