काठमाडौं। आज २ बजेका लागि बोलाइएको प्रदेश १ को प्रदेशसभा बैठक अझै बसेको छैन। विराटनगरस्थित प्रदेश संसद् भवनमा नेकपाको पुष्पकमल दाहाल प्रचण्ड समूह र अन्य दलका सांसदहरू पुगेका छन्।
प्रचण्ड समूहका सांसद धिरेन्द्र शर्मा ‘रमण’ले निर्धारित समय दिउँसो २ बजे नै संसद् भवनमा पुगेको बताए। तर, प्रधानमन्त्री केपी शर्मा ओली समूहको मुख्यमन्त्री शेरधन राईपक्षका सांसदहरू भने संसद् भवनमा छिरेका छैनन्।
प्रदेश संसद्मा मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता गर्नुपर्ने उनीपक्षका सांसदहरुको अडान छ। उनी पक्षका प्रदेश सांसद आशारत्न जबेगूले १५/१६ जना सांसद तीन महिनाका लागि निलम्बनमा परेको र निलम्बन फुकुवा नभएको अवस्थामा संसद्मा अविश्वासको प्रस्ताव ‘टेबुल’ गर्न नहुने भन्ने पक्षमा सरकारपक्ष रहेको बताइन्।
उनले निलम्बित सांसदहरू पनि अविश्वासको प्रस्ताव दर्ता गराउने समूहमा रहेको र निलम्बन अवधि नसकुञ्जेल अविश्वासको प्रस्तावमाथि संसद्मा हुने मतदानमा सहभागी भएर मतदान गर्न नपाउने पनि बताइन्। सोही कारण आजको प्रदेश संसद् बैठक नबसाउने तयारी भइरहेको उनले बताएकी छिन्।
प्रचण्ड समूहका सांसद शर्माले मुख्यमन्त्री पक्षले बैठक नराख्ने तयारी गरिरहेको जानकारी पाएको बताए। उनले प्रदेश संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावलाई टेबुल गर्नुपर्ने बताए।
“यो सरकारी विधेयक होइन, संसद्को विधेयक हो,” सांसद शर्माले देखापढीसँग भने, “जसरी भए पनि प्रस्ताव टेबुल गर्नुपर्छ र छलफल हुनुपर्छ भन्ने पक्षमा हामी छौं।”
नेकपाको प्रचण्ड समूहले गत पुस १४ गते मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको हो। तर, बैठक बस्न नसक्दा प्रस्तावमाथि छलफल भएको छैन।
" /> काठमाडौं। आज २ बजेका लागि बोलाइएको प्रदेश १ को प्रदेशसभा बैठक अझै बसेको छैन। विराटनगरस्थित प्रदेश संसद् भवनमा नेकपाको पुष्पकमल दाहाल प्रचण्ड समूह र अन्य दलका सांसदहरू पुगेका छन्।प्रचण्ड समूहका सांसद धिरेन्द्र शर्मा ‘रमण’ले निर्धारित समय दिउँसो २ बजे नै संसद् भवनमा पुगेको बताए। तर, प्रधानमन्त्री केपी शर्मा ओली समूहको मुख्यमन्त्री शेरधन राईपक्षका सांसदहरू भने संसद् भवनमा छिरेका छैनन्।

">