काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएको छ।
आज बसेको प्रदेशसभा बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहका सांसद इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस गरेका हुन्। प्रचण्ड समूहका अर्का सांसद धिरेन्द्र शर्माले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ‘टेबुल’ गरिएको जानकारी दिए।
उनका अनुसार प्रदेशसभा बैठक सुरु भएलगत्तै सभामुखले सांसद आङ्बोलाई प्रस्ताव पेस गर्न समय दिएका थिए। सांसद आङ्बोले अविश्वासको प्रस्ताव पढेर सुनाएपछि प्रदेशसभामा टेबुल गरेका थिए।
प्रदेशसभा बैठक यही फागुन २० गते बस्ने गरी स्थगित भएको सांसद शर्माले बताए।
यसअघि आज २ बजेका लागि आह्वान गरिएको बैठक ढिलागरी सुरू भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीपक्षका सांसदहरूले निलम्बनमा परेका सांसदहरूको निलम्बन फुकुवा नभएसम्म अविश्वासको प्रस्ताव टेबुल गर्न नहुने अडान राखेका थिए। प्रचण्ड समूह र अन्य पार्टीका सांसद समयमै प्रदेशसभा भवनमा उपस्थित भए पनि ओलीपक्षका सांसदहरू अनुपस्थित भएका कारण बैठक समयमा सुरू हुन सकेको थिएन।
यद्यपि, ढिलागरी बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव पेस भएको हो।
" /> काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएको छ।आज बसेको प्रदेशसभा बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहका सांसद इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस गरेका हुन्। प्रचण्ड समूहका अर्का सांसद धिरेन्द्र शर्माले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ‘टेबुल’ गरिएको जानकारी दिए।

">