काठमाडौं। पूर्वराज्यमन्त्री तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका केन्द्रीय सदस्य डम्बरसिंह सम्बाहाम्फेको दुवै मिर्गौला ‘फेल’ भएको छ।
पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर ४ रानीगाउँ घर भएका नेता सम्बाहाम्फे मिर्गौला फेल भएपछि ललितपुरको सुमेरू अस्पतालमा डायलाइसिस गराउँदै आएका छन्।
उनी यही फागुन १३ गते मिर्गौला प्रत्यारोपणका लागि भारतको कोलकत्ता जाने भएका छन्। त्यहाँ उनले मिर्गौला प्रत्यारोपण गराउने भएको उनका आफन्त देवेन्द्र लावतीले बताए।
यसैबीच, मिर्गौला फेल भएपछि डायलाइसिस गराउँदै आएका नेता सम्बाहाम्फेलाई भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाको किरातचोकस्थित निवासमा पुगेर जिल्लावासीसमेत रहेका कांग्रेसका केन्द्रीय अनुशासन समिति संयोजक भीष्मराज आङ्देम्बेले आज भेटघाट गरेका छन्।
सो क्रममा आङ्देम्बेले सम्बाहाम्फेको स्वास्थ्य स्थितिबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरे। उनीहरू दुवैजना २०५६ सालदेखि पटक-पटक भएको निर्वाचनमा प्रतिस्पर्धी थिए।
त्यसक्रममा नेता सम्बाहाम्फे पाँचथरको तत्कालीन निर्वाचन क्षेत्र नम्बर २ बाट कांग्रेस नेता आङ्देम्बेलाई पराजित गर्दै २०६४ मा संविधानसभा सदस्य र २०५६ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
तर, २०७० मा भएको संविधानसभा सदस्यका लागि भएको निर्वाचनमा भने आङ्देम्बेसँग सम्बाहाम्फे पराजित भएका थिए।
" /> काठमाडौं। पूर्वराज्यमन्त्री तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका केन्द्रीय सदस्य डम्बरसिंह सम्बाहाम्फेको दुवै मिर्गौला ‘फेल’ भएको छ।पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर ४ रानीगाउँ घर भएका नेता सम्बाहाम्फे मिर्गौला फेल भएपछि ललितपुरको सुमेरू अस्पतालमा डायलाइसिस गराउँदै आएका छन्।

">