नवनियुक्त प्रदेश प्रमुख झाले सम्हाले पदभार <p>धनुषा। नवनियुक्त प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झाले आज पदभार ग्रहण गरेका छन्। प्रदेश प्रमुख झाले कार्यालयमा पदभार ग्रहण गरेपश्चात् जनकपुरका सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुराकानी गर्दै शिरमा देश र मनमा मधेशलाई राखेर देश, जनता र संविधानलाई पहिलो प्राथमिकतामा राखेर कामकाज गर्ने बताए।</p> <p>उनले देशभक्ति, आतिथ्य सत्कार र समृद्ध सांस्कृतिक इतिहास बोकेको प्रदेश २ को सेवा गर्ने मौका पाएकोमा खुसी व्यक्त गर्दै विविधतालाई अवसरका रुपमा लिएर अनुशासन, इमान्दारिता र माटोप्रति सद्&zwj;भाव, प्रेम राख्दै प्रदेशलाई नमूना प्रदेश बनाउन आफ्नो सुझबुझ भ्याएसम्मको प्रयास गर्ने बताए।</p> <p>प्रदेश प्रमुख झाले यस प्रदेश र प्रदेशवासीको समृद्धिका लागि आफूले भूमिका खेल्ने बताउँदै प्रत्येक नागरिकलाई साझा र अपनत्वसहितको प्रदेश निर्माणमा अग्रसर रहने बताए।</p> <p>उनले देशसहित समृद्ध प्रदेश निर्माणका लागि आवश्यक पर्ने तत्वहरू सुशासन, साझापना, सबलीकरण र सहकार्यको विकल्प नरहेकाले कतिपय पक्षमा तत्काल सुधारको आवश्यकता रहेको उल्लेख गरे। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्