काठमाडौं। निर्वाचनको मिति नजिकिएसँगै निर्वाचन आयोगले निर्वाचनको तयारी तीव्र गतिमा अघि बढाएको छ। आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि मतदान केन्द्रमा आवश्यक पर्ने करिब साढे १४ अर्बको निर्वाचन सामाग्री आयोगले माग गरेको छ।
आयोगले आज एक सूचना प्रकाशित गरी ती सामाग्री माग गरेको हो। आयोगले आज एक साताको बोलपत्र आव्हान गर्दै कुल १४ करोड ४० लाख रुपैयाँ बराबरको ती निर्वाचन सामाग्री मागेको हो। आयोगले मतदान केन्द्रमा आवश्यक पर्ने ११ प्रकारका सामाग्री माग गरेको छ।
“सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिम खरिद कार्य प्रक्रिया अवलम्बन गर्दा घोषित मितिमा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक निर्वाचन सामग्रीहरुको व्यवस्थापन गर्न असम्भवप्रायः भएकोले निर्वाचन आयोग ऐन, २०७३ को दफा ३८ को व्यवस्था बमोजिम छिटो माध्यमबाट निर्वाचन सामग्री खरिद गर्न बोलपत्र आव्हान सम्बन्धी सूचना प्रकाशित गरिएको छ”, आयोगले भनेको छ।
आयोगले आव्हान गरेको बोलपत्रमा एक करोड २५ लाख रुपैयाँ बराबरको छपाई सम्बन्धी मतपेटिका स्टीकर र परिचयपत्र माग गरिएको छ। यस्तै, ४० लाख रुपैयाँको पोलबुक तथा कार्डहरु मागिएको छ।
निर्वाचन आयोगका अनुसार दुई करोड रुपैयाँको सुरक्षण सिल र रबर म्याट, ६० लाख रुपैयाँको स्वस्तिक छाप (रबर र पित्तल), एक करोड रुपैयाँको मार्कर, दुई करोड रुपैयाँको छेकाबारा, दुई करोड १० लाख रुपैयाँका स्ट्याम प्याड र मसी, ८० लाख रुपैयाँको सोसर, प्लाष्टिक थैलो र बोरा माग गरिएको छ।
बोलपत्रमा आयोगले एक करोड ५० लाख रुपैयाँको फोटोकपी पेपर, ग्लूस्टीक तथा कोरा कपडा र थैलो, ७५ लाख रुपैयाँको स्ट्याप्लर मेसिन र पीन, स्केल तथा कैची र दुई करोड रुपैयाँ बराबरको जेलपेन, मार्कर पेन, पञ्चिङ मेशिन र लाहा मागेको छ।
ग्राह्य बोलपत्रदाताहरुले आयोगबाट फागुन १७ गतेको कार्यालय समयभित्र बोलपत्र फाराम खरिद गर्न सक्नेछन्। फागुन १८ गते दिनको १२ बजेसम्म सिलबन्दी बोलपत्र दर्ता गराइ सक्नु पर्ने आयोगले जनाएको छ।