काठमाडौं। सर्वोच्च अदालतले सवोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउन सुरु गरेको छ।
मुद्दाको पेसी प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासमा छ। सोही इजलासमा मुद्दाको सुनुवाइ सकिइसकेको छ। मुद्दाको पक्ष, विपक्ष र अदालतका सहयोगी ‘एमिकस क्युरी’ले बहस गरिसकेका छन्।
बहस सकेपछि इजलासमा बहस नोट बुझाउन प्रधानन्यायाधीश जबराले हिजोसम्मको समय सीमा दिएका थिए। बहस नोटको अध्ययन गरिसकिएको बताइएको छ।
सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको प्रचण्ड पक्षसँगै विभिन्न वकिलहरूले विघटनविरुद्ध मुद्दा दर्ता गराएका थिए।
मुद्दा पक्षबाट बहस गरेका वकिलहरूले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको विपक्षका वकिलहरूले संवैधानिक भएको जिकिर गरेका छन्। एमिकस क्युरीको बहसमा पाँचजनामध्ये चारजनाले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन्।
" /> काठमाडौं। सर्वोच्च अदालतले सवोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउन सुरु गरेको छ।मुद्दाको पेसी प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासमा छ। सोही इजलासमा मुद्दाको सुनुवाइ सकिइसकेको छ। मुद्दाको पक्ष, विपक्ष र अदालतका सहयोगी ‘एमिकस क्युरी’ले बहस गरिसकेका छन्।

">