काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेर आफ्नो गरिमा उँचो गरेको जनाएका छन्।
आज साँझ सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने निर्णय सुनाएपछि भटट्राईले अदालतले तीन करोड नेपालीको सम्मान प्राप्त गरेको प्रतिक्रिया जनाएका छन्।
“सर्वोच्च अदालतले स्वतन्त्र न्यायालय र आफ्नो गरिमालाई उँचो गरेको छ। मुलुक, लोकतन्त्र र व्यवस्थाको रक्षा गरेर तीन करोड नेपालीको सम्मानप्राप्त गरेको छ,” नेता भट्टराईले ट्वीटरमार्फत् भनेका छन्, “सम्माननीय प्रधानन्यायाधीश र माननीय न्यायाधीशहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु।”
उनले अदालतको फैसलापछि जनता र लोकतन्त्रको जित भएको बताएका छन्।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेर आफ्नो गरिमा उँचो गरेको जनाएका छन्।आज साँझ सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने निर्णय सुनाएपछि भटट्राईले अदालतले तीन करोड नेपालीको सम्मान प्राप्त गरेको प्रतिक्रिया जनाएका छन्।

">