काठमाडौं। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा निर्णय गर्दै सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्चको निर्णयबाट सत्यको जित भएको प्रतिक्रिया दिएका छन्।
“मैले त भन्दै आएको हुँ सत्यभन्दा माथि शासक हुन सक्दैन। संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य छ,” वरिष्ठ नेता पौडेलले अदालतको निर्णयलाई स्वागत गर्दै भने, “सर्वोच्चको फैसलाले सत्यको जित भएको छ र यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको छ। सर्वोच्चलाई धन्यवाद!”
प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले बहुप्रतीक्षित मुद्दामा आज केही बेरअघि निर्णय सुनाएको थियो।
मुद्दाको पक्ष, विपक्ष र अदालतको सहयोगी ‘एमिकस क्युरी’को बहस सकिएपछि इजलासमा बहस नोट बुझाउन प्रधानन्यायाधीश जबराले हिजोसम्मको समयसीमा दिएका थिए। मंगलबार बहस नोटको अध्ययन गरिसकेपछी अदालतले निर्णय गरेको थियो।
सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको प्रचण्ड पक्षसँगै विभिन्न वकिलहरूले विघटनविरुद्ध मुद्दा दर्ता गराएका थिए।
मुद्दा पक्षबाट बहस गरेका वकिलहरूले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको विपक्षका वकिलहरूले संवैधानिक भएको जिकिर गरेका थिए। एमिकस क्युरीको बहसमा पाँचजनामध्ये चारजनाले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका थिए।
" /> काठमाडौं। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा निर्णय गर्दै सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्चको निर्णयबाट सत्यको जित भएको प्रतिक्रिया दिएका छन्।“मैले त भन्दै आएको हुँ सत्यभन्दा माथि शासक हुन सक्दैन। संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य छ,” वरिष्ठ नेता पौडेलले अदालतको निर्णयलाई स्वागत गर्दै भने, “सर्वोच्चको फैसलाले सत्यको जित भएको छ र यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको छ। सर्वोच्चलाई धन्यवाद!”

">