काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब प्रतिनिधिसभा पुनर्स्थापनापछि अर्का अध्यक्ष केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री दिएर अघि बढ्न नसकिने जनाएका छन्। उनले अब राष्ट्रिय सहमतिमा जानुपर्ने बताएका छन्।
आज सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको सरकारको कदमलाई बदर गरेपछि बीबीसी नेपाली सेवालाई टेलिफोन अन्तर्वार्ता दिँदै प्रचण्डले राष्ट्रिय सहमतिमा जाने बताएका हुन्।
“अब राष्ट्रिय सहमति बनाउनेमा जोड हुनेछ,” उनले भने, “भोलि बिहान काठमाडौँ पुगेर नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायत सबै पार्टीहरूसँग बसेर छलफल गरेर हामी आगामी दिनमा कसरी अघि बढ्ने भन्नेमा सहमति गर्नेछौँ।”
प्रधानमन्त्री ओलीले नै नेकपामा विखण्डन ल्याएको आरोप लगाउँदै उनले अब पार्टी एकता हुन नसक्ने स्पष्ट पारेका छन्। यसका लागि उनले प्रधानमन्त्री तथा प्रथम अध्यक्ष ओलीलाई नै जिम्मेवार ठहर्याएका छन्।
“तत्काल उहाँ (प्रधानमन्त्री केपी शर्मा ओली)सँग मिलेर सरकार बनाउन सकिँदैन,” उनले अन्तर्वार्तामा भने, “अन्य पार्टीहरूसँग संवाद गरेपछि मात्र आगामी दिनमा कसरी जाने हामी भन्न सक्छौँ।”
हाल भरतपुर रहेका प्रचण्ड भोलि बिहान काठमाडौँ आउँदै छन्। त्यसपछि उनले नेपाली कांग्रेस, जसपालगायत अन्य पार्टीहरूसँग बस्ने बताएका छन्।
प्रतिनिधिसभा पुनर्स्थापना भएपछि अब पहिलेको अविश्वासको प्रस्ताव अघि बढाउने प्रश्नमा उनले छलफलपछि मात्र टुंगो लाग्ने जनाए। आफूलाई प्रधानमन्त्री हुने कुनै लोभ नभएको जनाउँदै उनले राष्ट्रिय सहमतिको सरकार बनाउने बताएका हुन्। यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली भोलिका दिनमा कसरी प्रस्तुत हुन्छन् भन्ने हेर्नुपर्ने उनले जनाएका छन्।
" /> काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब प्रतिनिधिसभा पुनर्स्थापनापछि अर्का अध्यक्ष केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री दिएर अघि बढ्न नसकिने जनाएका छन्। उनले अब राष्ट्रिय सहमतिमा जानुपर्ने बताएका छन्।आज सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको सरकारको कदमलाई बदर गरेपछि बीबीसी नेपाली सेवालाई टेलिफोन अन्तर्वार्ता दिँदै प्रचण्डले राष्ट्रिय सहमतिमा जाने बताएका हुन्।

">