काठमाडौं। नेकपाको प्रचण्ड समूहका एकजना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला सर्वोच्च अदालतले गरेपछि विघटनविरुद्ध गरेको विरोध अब विजयमा परिणत भएको बताएका छन्।
उनले अब विरोध नगरी विजय जुलुस गर्न आफू नेतृत्वको समूहलाई आह्वान गरे।
“विरोध जुलुस अब विजय जुलुसमा परिवर्तन गर्नुपर्ने भयो, अब विजय जुलुस गर्नुपर्ने फैसला आयो र गौरवको अनुभूति भएको छ” उनले भने, “म देशभरका पार्टीका साथीहरूलाई विजय जुलुस मनाउन अध्यक्षको हैसियतले अपिल गर्दछु, यो विजय नेपाली जनताको हो र हार्दिक बधाइ दिन चाहन्छु।”
उनले प्रतिनिधिसभा विघटनको विरुद्धमा संघर्षको मैदानमा राजनीतिक दलहरू, नागरिक समाजदेखि सबै बौद्धिक बर्ग आएको र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले संविधानसम्मत फैसला गरेको भन्दै सबैप्रति बधाइ ज्ञापन गरेका छन्।
“तमाम बौद्धिक वर्ग, नागरिक समाज, सबै कानुन व्यवसायीहरूको विजय भयो र यस अवसरमा संवैधानिक इजलासको प्रधानन्यायधीश, न्यायाधीशहरूलाई हार्दिक बधाइ दिन चाहन्छु”, प्रचण्डले भने।
उनले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको निर्णय साहसिक भएको बताए। अब राजनीतिक सहमतिअनुसार अगाडि बढ्ने बताए।
प्रतिनिधिसभा विघटनविरुद्धको लडाइँ कुर्सीको निम्ति भन्दापनि संविधानको रक्षका लागि भएको जनतालाई भनेको पनि बताए।
उनले अब प्रधानमन्त्री केपी शर्मा ओलीले गलत कदम चालेको पनि बताए। उनले ओलीको राजीनामासमेत मागेका छन्।
सोही समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले सत्यको, न्यायको र नेपाली जनताको जीत भएको बताएका छन्।
उनले जबर्जस्ती संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेकाले पराजयको सामना गर्नुपरेको बताए।
“हामी विजयको उत्सव मनाइरहेको छौं, कहीँ उज्यालो फैलिएको छ, कहीँ अन्धकार पनि होला र सूर्य पनि कहीँ उदाएको छ। कहीँ अन्धकार छ”, अध्यक्ष नेपालले भने, “निरंकुश शासकले जबर्जस्ती पराजयको सामना गर्नुपर्यो।”
उनले न्यायको पक्षमा दृढताका साथ संघर्षको मैदानमा उत्रिने नेपाली जनतालाई सलाम पनि गरे।
उनले संविधानलाई लिकमा ल्याउन ऐतिहासिक फैसला सर्वोच्च अदालतबाट भएको बताए।
" /> काठमाडौं। नेकपाको प्रचण्ड समूहका एकजना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला सर्वोच्च अदालतले गरेपछि विघटनविरुद्ध गरेको विरोध अब विजयमा परिणत भएको बताएका छन्।उनले अब विरोध नगरी विजय जुलुस गर्न आफू नेतृत्वको समूहलाई आह्वान गरे।

">