काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले माग्दैमा प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन्।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछिको राजनीतिक घटनाक्रम विश्लेषण गर्दै मन्त्री श्रेष्ठले ‘यो अवस्थामा प्रम ओलीले कुनै पनि हालतमा राजीनामा नदिने’ दोहो¥याए।
“राजीनामा दिने हामी कायर हो? कुनै पनि हालतमा राजीनामा आउँदैन। प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव फेस गर्नुहुन्छ,” संसद् सुचारू भएपछिका सबै प्रक्रिया प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सामना गर्ने भन्दै मन्त्री श्रेष्ठले थपे, “अदालतले गरेको निर्णयलाई हामी सम्मान गर्छौं, तर यो निर्णयले झन् विवाद बढाएको छ।”
सीटीईभीटीको ३३ र्औ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै भन्त्री श्रेष्ठले आफूहरू जनताबाट आएको र जनताले नै अहिलेको संकटकालीन अवस्थाको मुल्यांकन गर्ने बताए।
संसद् पुनर्स्थापना भएलगत्तै केही नेताले केहीलाई प्रधानमन्त्रीको सपना बाँडेको आरोप लगाउँदै मन्त्री श्रेष्ठले सपना बाँड्दैमा कोही पनि प्रधानमन्त्री हुन नसक्ने दाबी गरे।
“अबको प्रधानमन्त्री पनि केपी शर्मा ओली नै हो। उहाँले नै निर्वाचन गराउनुहन्छ,” मन्त्री श्रेष्ठले गुनासो गरे, “हामीले १३ गते फैसला आउने अपेक्षा गरेका थियौं। प्रधानमन्त्रीले जन्मदिन मनाइरहेका बेला एकाएक फैसला सुनाउँदा गलत भएको छ। अदालतको फैसलाबाट राजनीतिक मैदान खुला भएको छ। हामी मैदानमा उत्रिएका छांै, खेल खेल्ने तयारीमा छौं। अब सबै खेल मैदानबाट छिनोफानो हुनेछ। हामी गोल गरेर देखाउनेछौं।”
मन्त्री श्रेष्ठले आफूहरूसँग नेपालको राजनीतिका पेले, रोनाल्डो, म्यारोडोना र मेसी भएकोले कुनै समस्या नरहेको जिकिर गरे। “जस्तोसुकै परिस्थिति आए पनि राजनीतिको मैदान छाड्नेवाला छैनौं। हाम्रै जित सुनिश्चित हुनेछ। जनता हाम्रो साथमा छन्। जनताको फैसला स्वीकार गर्नेछौं।”
नैतिकताको आधारमा राजीनामा नदिने प्रस्ट्याउँदै उनले चुनौती दिए, “मन्त्रीले राजीनामा दिनुपर्छ भन्दै फेसबुकमा स्ट्याटस लेख्ने र सडकमा कुर्लिनेहरूलाई सरकारको तर्फबाट मेरो यो जवाफ छ कि सक्छौं भने अविश्वासको प्रस्ताव ल्याएर हटाएर देखाऊ।”
सरकारी कदमका विरुद्ध सडक आन्दोलनमा रहेको नेकपाकै कार्यकारी अध्यक्ष पुष्पकमकल दाहाल प्रचण्ड नेतृत्वको समूह नक्कली भएको टिप्पणी गर्दै उनले मुलुक राजनीतिक संकटतर्फ धकेलिएको र यसलाई रोक्ने काम ओली सरकारकै भएको दाबी गरे।
संसद् पुनर्स्थापना भएपछि सरकारको तर्फबाट पहिलोपटक धारणा राख्ने क्रममा मन्त्री श्रेष्ठले अब पनि केपी ओलीको विकल्प नभएको दाबी गरे।
" /> काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले माग्दैमा प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन्।सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछिको राजनीतिक घटनाक्रम विश्लेषण गर्दै मन्त्री श्रेष्ठले ‘यो अवस्थामा प्रम ओलीले कुनै पनि हालतमा राजीनामा नदिने’ दोहो¥याए।

">