काठमाडौं। प्रतिनिधिसभा पुनर्स्थापनापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ‘प्रचण्ड’ समूहले काठमाडौंमा विजय जुलुस निकालेको छ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, प्रतिगमनकारी मुर्दावाद, नागरिक समाजलाई धन्यवाद, बलात्कारीलाई कारबाही गर लगायतका नारा गुञ्‍जाउँदै पार्टीले काठमाडौंको विभिन्न स्थानबाट जुलुस निकालेको हो।
विजय जुलुसपछि प्रचण्ड समूहले कोणसभा गर्ने भएको छ। कोणसभालाई उक्त समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने भएका छन्।
हिजो सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारले प्रतिनिधिसभा विघटन गर्न गरेको निर्णयलाई बदर गर्दै प्रतिनिधिसभालाई पुनर्स्थापना गरेको हो।
यसअघि पुसको ६ र ७ गते सरकारले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै सर्वोच्च अदालतमा १४ वटा रिट परेको थियो।
राजनीतिक दलमा आबद्ध भएकाहरूबाट प्रचण्ड समूहको स्थायी समिति सदस्यसमेत रहेका तत्कालीन नेकपा प्रमुख सचेतक देवप्रसाद गुरूङ, सोही समूहकी प्रतिनिधिसभा सदस्यहरू शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले प्रतिनिधिसभा पुनर्स्थापना गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए।
अन्य रिट निवेदकहरू कानुन व्यवसायी मात्रै थिए।
प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चालगायत दलको तर्फबाट भने प्रतिनिधिसभा विघटनविरुद्ध रिट दायर भएको थिएन।
त्यही भएर ती दलहरूले प्रतिनिधिसभा पुनर्स्थापनापछि विजय जुलुस निकालेका छैनन्।
पुनर्स्थापनाको फैसलालाई राप्रपाको एक जना अध्यक्ष कमल थापा र नेकपाको ओली समूहले अनपेक्षित भनेका छन्।
प्रधानमन्त्री ओलीले गत पुस ५ गते ताजा जनादेशमा जाने भन्दै प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका थिए। सिफारिसअनुसार राष्ट्रपति भण्डारीले सोही दिन प्रतिनिधिसभालाई विघटन गरेकी थिइन्।
उनले प्रतिनिधिसभाको निर्वाचन वैशाख १७ र २७ गतेका लागि घोषणासमेत गरेकी थिइन्। तर, अब प्रतिनिधिसभा पुनर्स्थपना भएपछि भने निर्वाचन नहुने निश्चित भएको छ।
" /> काठमाडौं। प्रतिनिधिसभा पुनर्स्थापनापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ‘प्रचण्ड’ समूहले काठमाडौंमा विजय जुलुस निकालेको छ।
"> काठमाडाैंमा प्रचण्ड समूहको विजय जुलुस: Dekhapadhi प्रतिनिधिसभा पुनर्स्थापनापछि नेकपाको ‘प्रचण्ड’ समूहले काठमाडौंको विभिन्न ठाउँबाट विजय जुलुस निकालेको हो। ">
काठमाडाैंमा प्रचण्ड समूहको विजय जुलुस
काठमाडौं। प्रतिनिधिसभा पुनर्स्थापनापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ‘प्रचण्ड’ समूहले काठमाडौंमा विजय जुलुस निकालेको छ।
विजय जुलुसपछि प्रचण्ड समूहले कोणसभा गर्ने भएको छ। कोणसभालाई उक्त समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने भएका छन्।
हिजो सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारले प्रतिनिधिसभा विघटन गर्न गरेको निर्णयलाई बदर गर्दै प्रतिनिधिसभालाई पुनर्स्थापना गरेको हो।
यसअघि पुसको ६ र ७ गते सरकारले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै सर्वोच्च अदालतमा १४ वटा रिट परेको थियो।
राजनीतिक दलमा आबद्ध भएकाहरूबाट प्रचण्ड समूहको स्थायी समिति सदस्यसमेत रहेका तत्कालीन नेकपा प्रमुख सचेतक देवप्रसाद गुरूङ, सोही समूहकी प्रतिनिधिसभा सदस्यहरू शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले प्रतिनिधिसभा पुनर्स्थापना गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए।
अन्य रिट निवेदकहरू कानुन व्यवसायी मात्रै थिए।
प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चालगायत दलको तर्फबाट भने प्रतिनिधिसभा विघटनविरुद्ध रिट दायर भएको थिएन।
त्यही भएर ती दलहरूले प्रतिनिधिसभा पुनर्स्थापनापछि विजय जुलुस निकालेका छैनन्।
पुनर्स्थापनाको फैसलालाई राप्रपाको एक जना अध्यक्ष कमल थापा र नेकपाको ओली समूहले अनपेक्षित भनेका छन्।
प्रधानमन्त्री ओलीले गत पुस ५ गते ताजा जनादेशमा जाने भन्दै प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका थिए। सिफारिसअनुसार राष्ट्रपति भण्डारीले सोही दिन प्रतिनिधिसभालाई विघटन गरेकी थिइन्।
उनले प्रतिनिधिसभाको निर्वाचन वैशाख १७ र २७ गतेका लागि घोषणासमेत गरेकी थिइन्। तर, अब प्रतिनिधिसभा पुनर्स्थपना भएपछि भने निर्वाचन नहुने निश्चित भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्