काठमाडौं। नेकपाको ओली समूहको स्थायी कमिटी बैठक सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर बसेर बैठक सकिएको हो।
बैठकमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेपछि विकसित राजनीतिक घटनाक्रमलाई कसरी सामना गर्ने भन्ने विषयमा छलफल भएको स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले बताए।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी थिए।
भोलि पनि स्थायी कमिटी बैठक बस्ने भएको छ। बैठक बालुवाटारमै बिहान साढे ८ बजे बस्ने भएको स्थायी कमिटी सदस्य मण्डलले बताए।
सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको थियो। बदर गर्ने निर्णयसँगै सरकारले गरेको प्रतिनिधिसभा पुनर्स्थापना भएको छ।
" /> काठमाडौं। नेकपाको ओली समूहको स्थायी कमिटी बैठक सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर बसेर बैठक सकिएको हो।बैठकमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेपछि विकसित राजनीतिक घटनाक्रमलाई कसरी सामना गर्ने भन्ने विषयमा छलफल भएको स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले बताए।

">