काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता विष्णु रिजालले एकीकृत हुन सके फेरि नेकपाकै बहुमतीय सरकार बन्नसक्ने आधार रहेको बताएका छन्। प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाएको भोलिपल्ट उनले एकीकरण हुन सक्ने आधारहरू औंल्याए।
“पार्टी एकताका लागि औपचारिक तहमा संवाद नभए पनि अनौपचारिक रूपमा छलफल भइरहेको छ, हेरौं कहाँसम्म पुग्छ,” आज देखापढी विशेषसँग कुराकानी गर्दै उनले भने।
“पार्टी फुटेको छैन, संसदीय दल एउटै छ, आत्मालोचना गरेर, गल्ती स्वीकारेर आउँदा फेरि एकै ठाउँमा बस्न सक्ने वातावरण बन्नसक्छ,” उनले थपे।
अब कुन दलको वा कुन नेताको नेतृत्वमा सरकार बन्छ त? भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, “सम्भावनाहरू खुला छन्, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल पनि प्रधानमन्त्रीका उम्मेदवार बन्न सक्छन्।”
प्रधानमन्त्री ओली कामचलाउ सरकारको हैसियतमा भएकाले राजनीतिक अध्यादेश ल्याउन नसक्ने दाबी गर्दै उनले भने, “अध्यादेश ल्याएर पार्टी विभाजन गरे त्यही अनुसारको कदम चालिनेछ।”
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले आज दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवासँग बूढानीलकण्ठस्थित उनकै निवासमा पुगेर छलफल गरेका छन्। सभापति देउवा पनि प्रधानमन्त्रीका आकांक्षी देखिएका छन्।
आज देउवासँग भएको भेटलाई कांग्रेसले नेतृत्व गर्ने गरी सरकार बन्नसक्ने पनि कतिपयले अथ्र्याएका छन्। देउवा पनि प्रधानमन्त्रीको रूपमा आउनसक्ने सम्भावना रहेको तर अहिले यसबारे बोल्दा काल्पनिक मात्र हुने नेता रिजालको भनाइ छ।
उनले अब प्रधानमन्त्रीले राजीनामा दिनुको विकल्प नरहेको स्पष्ट पारेका छन्। “प्रतिनिधिसभा एउटा बल थियो, त्यसलाई विघटन गरिसकेपछि प्रधानमन्त्री ओलीले आफ्नो कोर्टमा रहेको बल गुमाइसके,” उनले भने, “त्रास देखाउनसक्ने अवस्थामा अहिले प्रधानमन्त्री छैनन्, त्यसैले राजीनामा दिएर निकास दिनुपर्छ।”

नेता रिजालसँगको भिडियो अन्तर्वार्ता:
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता विष्णु रिजालले एकीकृत हुन सके फेरि नेकपाकै बहुमतीय सरकार बन्नसक्ने आधार रहेको बताएका छन्। प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाएको भोलिपल्ट उनले एकीकरण हुन सक्ने आधारहरू औंल्याए।“पार्टी एकताका लागि औपचारिक तहमा संवाद नभए पनि अनौपचारिक रूपमा छलफल भइरहेको छ, हेरौं कहाँसम्म पुग्छ,” आज देखापढी विशेषसँग कुराकानी गर्दै उनले भने।

">