काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड पक्षको संसदीय दलको बैठकले आज सबै सांसदहरूलाई आपतकालीन अवस्थामा बाहेक उपत्यका नछाड्न निर्देशन दिएको छ। उपत्यकाबाहिर जानै परे संसदीय दललाई जानकारी गराएर मात्र जान निर्देशन दिइएको हो।
आज नेकपाको पुष्पकमल दाहाल प्रचण्ड पक्षीय संसदीय दलको बैठकपछि जानकारी दिँदै प्रमुख सचेतक देव गुरुङले यस्तो जनाएका हुन्। उनले औपचारिक रूपमा कुनै कुरा नभएको र यो निर्देशन अनौपचारिक मात्र भएको बताएका हुन्।
सर्वोच्चले पुनःस्थापना गरेको प्रतिनिधिसभाको बैठक १३ दिनभित्र बस्नुपर्ने भएकोले यस्तो निर्देशन दिइएको उनले बताएका छन्।
त्यस्तै, प्रचण्ड पक्षीय नेकपाकी नेतृ रामकुमारी झाँक्रीले संसदीय दलको बैठकमा आगामी दिनमा कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कुरा नभएको जनाएकी छिन्। बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले बैठकमा वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको तर कुनै निर्णय नभएको स्पष्ट पारेकी हुन्।
" /> काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड पक्षको संसदीय दलको बैठकले आज सबै सांसदहरूलाई आपतकालीन अवस्थामा बाहेक उपत्यका नछाड्न निर्देशन दिएको छ। उपत्यकाबाहिर जानै परे संसदीय दललाई जानकारी गराएर मात्र जान निर्देशन दिइएको हो।आज नेकपाको पुष्पकमल दाहाल प्रचण्ड पक्षीय संसदीय दलको बैठकपछि जानकारी दिँदै प्रमुख सचेतक देव गुरुङले यस्तो जनाएका हुन्। उनले औपचारिक रूपमा कुनै कुरा नभएको र यो निर्देशन अनौपचारिक मात्र भएको बताएका हुन्।

">