भक्तपुर। नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे रोहितले संसद् पुनःस्थापना गर्ने सर्वोच्चको निर्णयले जनतालाई राजनीतिक रूपमा सचेत पार्ने अवसर गुमेको प्रतिक्रिया दिएका छन्।

बागीश्वरी माध्यमिक विद्यालयले अवकाशप्राप्त चार शिक्षकको सम्मानमा आज आयोजना गरेको कार्यक्रममा उनले संसद् पुनःस्थापनाले सत्ताको चलखेल शुरु भएको बताए। उनले भने, “संसद् पुनःस्थापनाले शासक दलबीचको कुर्सी र पदको झगडा पुनः दोहोरिनेछ। यसले शासक दलबीच सत्ताको चलखेलसमेत शुरु भएको छ।”

अध्यक्ष बिजुक्छेले शिक्षा र राजनीति एकआपसमा सम्बन्धित विषय भएकाले शिक्षकले पनि आफ्नो सिद्धान्तअनुसार काम गर्नुपर्नेमा जोड दिए। शिक्षकले राजनीति गर्न हुँदैन भन्ने ठम्याइ गलत भएको दावी गर्दै उनले देशको स्वतन्त्रता, सार्वभौमिकता र स्वाधिनताको विषयलाई प्राथमिकता दिएर पढाउनुपर्ने आवश्यकता औँल्याए।

उनले आफ्नो अनुभव सँगालेर नयाँ पुस्ताका लागि पठनीय पुस्तक प्रकाशन गर्नेतर्फ अवकाश प्राप्त शिक्षकको ध्यानाकर्षण गराउँदै भक्तपुरमा रात्रि कक्षाबाट शुरु भएको महिला शिक्षाले हाल शैक्षिक क्षेत्रमा महिलाको अग्रसरता र उपलब्धि नै प्रशंसनीय रहेको बताए।

सो अवसरमा अध्यक्ष बिजुक्छेले बागीश्वरी माविमा लामो समयको अध्यापनपश्चात् अवकाश भएका विद्यालयका पूर्वसहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापति, शिक्षक शोभा प्रधान, शोभना शाक्य र रामप्रसाद सुवाललाई सम्मानपत्रद्वारा सम्मान गरे।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र र नेपाल मजदूर किसान पार्टीको एक घर एक स्नातकको अवधारणा पूरा गर्न भक्तपुर नपाबाट सञ्चालित कलेजले महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको बताउँदै सभ्य र सुसंस्कृत समाज निर्माणमा स्थापनाकालदेखि भक्तपुर नगरपालिका प्रयासरत रहेको स्पष्ट पारे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिका–९ का अध्यक्ष रवीन्द्र ज्याख्वले समाजको उन्नति र प्रगतिका लागि बागीश्वरी माविले स्थानीयवासीको अपनत्व र निरन्तर सहयोग पाइरहेकोमा खुशी व्यक्त गरे।

बागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले अवकाश प्राप्त शिक्षकको संक्षिप्त परिचय र विद्यालयको शैक्षिक उन्नतिमा पुर्‍याएको योगदानबारे चर्चा गरे। विद्यालयका पूर्वशिक्षक शोभा प्रधानले विद्यालयका प्रधानाध्यापक धन्छालाई विद्यालयको स्वास्थ्य कोषका लागि दुई लाखको चेक हस्तान्तरण गरेको थिए भने सो कोषका लागि पूर्वशिक्षक ज्ञानसागर प्रजापति र रामप्रसाद सुवालले पनि प्रतिव्यक्ति एक लाख सहयोगको घोषणा गरेका थिए।

रासस

" /> भक्तपुर। नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे रोहितले संसद् पुनःस्थापना गर्ने सर्वोच्चको निर्णयले जनतालाई राजनीतिक रूपमा सचेत पार्ने अवसर गुमेको प्रतिक्रिया दिएका छन्।

"> सर्वोच्चको निर्णयले जनतालाई राजनीतिक रूपमा सचेत पार्ने अवसर गुम्यो : बिजुक्छे: Dekhapadhi
सर्वोच्चको निर्णयले जनतालाई राजनीतिक रूपमा सचेत पार्ने अवसर गुम्यो : बिजुक्छे

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्