पार्टीको भावी रणनीतिबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलापछि भावी रणनीति तय गर्न आज कांग्रेस पदाधिकारी बैठक बस्ने भएको छ ।

दिउँसो ३ बजे सभापति देउवाको निवास बुढानीलकण्ठमा बस्ने बैठकमा सर्वोच्चले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटन गरेपछिको अवस्थाबारे छलफल हुनेछ ।

बैठकमा पदाधिकारी र पूर्वपदाधिकारीलाई बोलाइएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संसद पुनस्र्थापनापछि कांग्रेसको रणनीति, नेकपाको प्रचण्ड समूहसँग बुधबार भएको छलफल लगायतका विषयमा कुराकानी हुनेछ ।

सर्वोच्चको फैसलापछि नयाँ सरकार गठनका विषयमा दलहरुले कसरत सुरु गरेका छन् । नेकपा विभाजित रहेको अवस्थामा सरकार गठनमा कांग्रेस निर्णायक बन्नेछ ।

बुधबार पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले कांग्रेस सभापति देउवासँग भेट गरेर नयाँ सरकार गठन लगायतका विषयमा छलफल गरेका थिए । जसमा उनले पार्टीमा छलफल गरेर जवाफ दिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्