काठमाडौँ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहको नेकपाबाट छुट्टिएर प्रधानमन्त्री केपी शर्मा ओलीतिरै फर्केका नेता शेरबहादुर तामाङले अहिलेकै नेकपा वा नेकपा एमाले ब्युँतिन सक्ने सम्भावनाहरू खुला रहेको बताएका छन्।
उनले आज देखापढीसँग कुराकानी गर्दै भने, “वर्तमान नेकपा वा नेकपा एमाले पनि ब्युँतिन सक्ने सम्भावना छ। प्रधानमन्त्रीका लागि सबै स्टेप खुला छन्, हप्ता दश दिनभित्रै चित्र देखापर्छ।”
प्रधानमन्त्री ओलीले अध्यादेश मार्फत नेकपा एमाले ब्युँत्याउने त होइन? भन्ने प्रश्नहरू उठिरहेका बेला नेता तामाङले एमाले ब्युँतिन सक्ने बताएका हुन्। उनले अध्यादेश ल्याउने सम्भावनाबारे भने प्रष्ट पार्न चाहेनन्।
संसदीय दल एउटै रहेको भन्दै प्रचण्ड समूहले प्रधानमन्त्री ओलीसँग संवाद प्रक्रिया अघि बढाए नेकपाकै बहुमतीय सरकार बन्न सक्ने समेत उनले बताए।
“समाजवाद भन्ने, कम्युनिष्ट पार्टी भन्ने अनि लड्डु लिएर अन्त (देउवाकहाँ) पुग्ने कुरा कति सुहाउँछ होला?” उनले भने, “त्यही लड्डु लिएर केपी ओलीलाई खुवाउन आउनुस् त!”
कानूनी रूपमा पार्टी विभाजन नभइसकेको कारण एकताको सम्भावना अझै रहेको नेता तामाङले बताए। उनले थप स्पष्ट पारे, “अझै समय छ। हाम्रो संसदीय दल एउटै छ, कानूनी रूपमा पार्टी विभाजन भएको छैन। पार्टी प्योलसमा संसदीय दलको बैठक बसेर हुँदैन, त्यो आधिकारि बैठक होइन। प्रचण्ड पक्षका नेताहरूले संवाद बढाएर एकीकरणको लागि प्रयास गरे राम्रो हुन्छ।”
प्रधानमन्त्री ओलीले संसदको सामना गर्ने र जे आइपर्छ त्यसैको आधारमा कदम चाल्ने तयारी गरेको उनले बताए।
“प्रचण्डसँग बहुमत छ भने सावित गरे भैगो, क-कसलाई साथमा लिने हो, नयाँ सरकार बनाए हुन्छ” उनले भने, “बहुमत पु¥याएर सरकार बनाए पनि केही छैन, ६ महिनामै सबैभन्दा कमजोर सरकार प्रमाणित हुनेछ।”
नेपाली कांग्रेसको तत्कालै सरकारमा जाने मनोविज्ञान नरहेको नेता तामाङले बताए। नेपाली कांग्रेसभित्र कतिपय नेताहरूले सरकारमा जान नहुने बताइरहेका छन्।
“सरकारमा जाने गरि कांग्रेसको मनोविज्ञान बनेको छैन,” पूर्वकानूनमन्त्रीसमेत रहेका उनले भने, “आफ्नै नेकपाको सरकार ढालेर गैरकम्युनिष्ट नेतृत्वको सरकार बनाउने कुन नैतिकताले दिन्छ?”
केपी शर्मा ओलीको नेतृत्वकै मूलपार्टीमा प्रचण्ड माधव पक्षमा लागेका नेताहरू फर्किन सक्ने उनले बताए। “हेर्नुहोला, अरू धेरै साथीहरू बिस्तारै खुल्दै जानेछन्, समय आउँदै छ।”
प्रतिनिधिसभा पुनःस्थापनापछि नयाँ सरकार बनाउन नेकपाको प्रचण्ड समूह कम्मर कसेका लागि परेका छन्। सत्ता समीकरण बनाउने अभियानकै क्रममा आज दिउँसो मात्रै प्रचण्ड र माधवकुमार नेपालले जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरूसँग भेटघाट गरेका थिए। भेटमा जसपाका नेता राजेन्द्र महतोले प्रचण्डलाई ‘तपाईँको पार्टी कुन हो?’ भनी प्रश्न गरेका थिए।
हिजो मात्र बुढानिलकण्ठ स्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमै पुगेर प्रचण्ड र नेपालले प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए।
अंकगणितीय रूपमा बलियो बन्ने र चालिने आगामी कदमका लागि समेत तयारीमा जुटेको छ, नेकपाको प्रचण्ड समूह।
यता, प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै आफूले राजिनामा नदिएर संसदमा सामना गर्ने बताएपछि नयाँ सरकार बन्ने कसरत लम्बिने पक्का देखिएको छ। प्रधानमन्त्रीको आगामी कदम कस्तो हुन्छ भन्नेमा पनि नेताहरू संसकित छन् र प्रधानमन्त्रीको कदमलाई पर्खिरहेका छन्।
" /> काठमाडौँ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहको नेकपाबाट छुट्टिएर प्रधानमन्त्री केपी शर्मा ओलीतिरै फर्केका नेता शेरबहादुर तामाङले अहिलेकै नेकपा वा नेकपा एमाले ब्युँतिन सक्ने सम्भावनाहरू खुला रहेको बताएका छन्।उनले आज देखापढीसँग कुराकानी गर्दै भने, “वर्तमान नेकपा वा नेकपा एमाले पनि ब्युँतिन सक्ने सम्भावना छ। प्रधानमन्त्रीका लागि सबै स्टेप खुला छन्, हप्ता दश दिनभित्रै चित्र देखापर्छ।”

">