नेकपाका अध्यक्ष ओलीले देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई बनाए प्रमुख सचेतक
काठमाडौं। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको मुख्य सचेतकमा विशाल भट्टराईलाई मनोनीत गरेका छन्।

उनले देव गुरुङलाई हटाएर भट्टराईलाई सो पदमा मनोनीत गरेका हुन्।

प्रधानमन्त्री ओलीले नेकपा संसदीय दलको विधान २०७५ को दफा १३ बमोजिम भट्टराईलाई मनोनीत गरेको जानकारी दिइएको छ।

विद्यार्थी आन्दोलनमा लामो समय क्रियाशील भट्टराई दोस्रो संविधानसभा र पछिल्लो आमनिर्वाचनमा खोटाङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्