काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता लालबाबु पण्डितले पार्टी एकताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो कदम चाल्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभा पुनर्स्थापना भएपछि एकीकरणका सम्भावना खुला भएको उनले बताए।
“संसदीय दल छुट्टा-छुट्टै बस्नु गलत हुन्छ। पार्टी एकताका लागि प्रधानमन्त्री ओलीले पहिलो कदम चाल्नुपर्छ, त्यसपछि पुष्पकमल दाहाल प्रचण्ड पनि तयार हुनुपर्छ,” नेता पण्डितले देखापढीसँग भने।
प्रचण्डतिर इंगित गर्दै उनले प्रस्तुत गरिएको आरोपपत्रमा आफूले केही बुँदामा त्रुटि देखिएको बताए। “आरोपपत्र सच्याउने वा फिर्ता लिँदा एकताका लागि सहमतिको वातावरणसमेत बन्न सक्छ,” उनले थपे, “दुवै पक्षले आरोपपत्र फिर्ता लिनुपर्छ र एकताका लागि फेरि अघि बढ्नुपर्छ।”
अदालतले फैसला सुनाएपछि पुष्पकमल दाहाल प्रचण्डले तत्कालै केपी शर्मा ओलीसँग अब कुनै सहमति हुन नसक्ने बताएका थिए। प्रचण्डको त्यो प्रतिक्रियालाई उनले आवेग र उत्तेजनाको प्रतिक्रिया भएको बताए। “आवेग र निषेधको राजनीति कसैले पनि गर्नु हुँदैन, यसले नेकपालाई खाल्डोमा पुर्याउँछ,” नेता पण्डितले थपे।
“मलाई प्रधानमन्त्रीले चुनावमा जुट्नुस् भन्नुभएको थियो, तर मैले चुनाव हुँदैन भनेको थिएँ, त्यही भएर छाड्यो। अब एकता नै अन्तिम विकल्प छ। रिस राग त्यागेर, लचकता अपनाएर सबै शीर्ष नेतागण अघि बढ्नुपर्छ।”
छुट्टाछुट्टै संसदीय दलको बैठक बस्न नहुने उनको भनाइ छ। “प्रचण्डपक्ष वा केपी ओलीपक्ष होस्, अलग-अलग बैठक बस्नु पूर्णरूपमा गलत हुन्छ,” उनले भने।
नेता पण्डितले आफू अहिले दुवै पक्षसँग संवादमा रहेको बताए। “प्रधानमन्त्री ओलीसँग पनि छलफल हुने कुरा छ, उपनेता सुवास नेम्वाङ र अर्थमन्त्री विष्णु पौडेलसँग पनि भेट भएको छ,” उनले भने, “उतापट्टि माधव नेपालसँग फोनमा कुरा भयो, उहाँले पनि तपाईंको अजेण्डा स्थापित हुँदै गएको छ भन्नुभयो।”
आफू अहिले पार्टी एकताको पक्षमा रहेको र आफ्नो ठाउँबाट भूमिका खेलिरहेको उनले बताए। “म पार्टी एकताको पक्षमा दृढ छु र यसलाई नै एकीकृत बनाएर अघि बढ्नुपर्ने मेरो विश्वास हो,” उनले देखापढीसँग भने।
नेकपालाई जनताले बहुमत दिएर पठाएको छ। तर, हारेको पार्टी नेपाली कांग्रेसलाई नेतृत्व गर्न दिनु कम्युनिस्टहरू जिउँदै मर्नुजस्तो हुने उनको बुझाइ छ। “हारेको पार्टीलाई नेतृत्व दिनु मर्नुजस्तै हुन्छ, चुनावमा जाँदा कुन मुख लिएर जाने? लाजमर्दो हुन्छ,” उनले भने।
पहिलो पंक्तिका नेतालाई गलहत्याएर दोस्रो पंक्तिका नेतालाई नेतृत्व दिँदा समस्या ज्यूँका त्यूँ हुने उनको तर्क छ। उनले अगाडि भने, “वामदेव गौतमकै कारण पार्टी अहिलेको अवस्थामा आएको छ, दुई चिरामा विभाजित छ। जता अध्यक्ष पाउँछु, त्यतै जान्छु भन्न सुहाउँछ?”
वामदेवले आफ्नो स्वार्थका लागिमात्र राष्ट्रिय एकता अभियान चलाएको उनको आरोप छ। “प्रचण्डले सचिवालयको बैठक बोलाउनुपर्ने वामदेव गौतमको प्रस्तावमा मेरो पनि सहमति छ,” उनले भने।
तटस्थ भूमिकामा रहेका पण्डितले प्रधानमन्त्रीलाई आफूले नहुने चुनावको कुरा नगर्न र प्रतिनिधि सभा ब्युँताउन भनेको स्मरण गराए। “मलाई प्रधानमन्त्रीले चुनावमा जुट्नुस् भन्नुभएको थियो, तर मैले चुनाव हुँदैन भनेको थिएँ, त्यही भएर छाड्यो,” नेता पण्डितले भने, “अब एकता नै अन्तिम विकल्प छ। रिस राग त्यागेर, लचकता अपनाएर सबै शीर्ष नेतागण अघि बढ्नुपर्छ।”