काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट पार्टीकै सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन खोज्नु अचम्मलाग्दो भएको बताएका छन्।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनतर्फ लक्षित गर्दै प्रचण्डले कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले चालेको कदमले सडकमा जानुपर्ने स्थिति बनाएको बताए। यति छोटो समयभित्रै सरकारले नै मुलुकलाई प्रतिगमन र प्रतिक्रान्तितिर लैजान खोजिएको र जो सर्वत्र चिन्ताको रूपमा फैलिएको उनले उल्लेख गरे।
आफैंले बनाएको संविधान र त्यसको मर्ममाथि सरकारबाटै निर्मम खालको प्रहार भएको प्रचण्डको आरोप छ। “सङ्घीय लोकतान्त्रिक गणतन्त्र नै उल्ट्याउने, कम्युनिस्ट आन्दोलनले हासिल गरेका उचाइहरू र गौरवहरूलाई कालो पोत्ने काम कम्युनिस्ट पार्टी नेतृत्वको सरकारबाट भयो, जुन सुखद् होइन,” आज ललितपुरको जावलाखेलमा आयोजित नेकपानिकट शिक्षकहरूको भेलामा प्रचण्डले भने।
उनले सरकारले चालेको गलत कदमका कारण सडकमा दुई महिना बढी जानुपरेको बताए।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट पार्टीकै सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन खोज्नु अचम्मलाग्दो भएको बताएका छन्।गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनतर्फ लक्षित गर्दै प्रचण्डले कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले चालेको कदमले सडकमा जानुपर्ने स्थिति बनाएको बताए। यति छोटो समयभित्रै सरकारले नै मुलुकलाई प्रतिगमन र प्रतिक्रान्तितिर लैजान खोजिएको र जो सर्वत्र चिन्ताको रूपमा फैलिएको उनले उल्लेख गरे।

">