काठमाडौं। राष्ट्रियसभा सदस्य कोमल वलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता रघुजी पन्तले आफ्नो बारेमा दिएको अभिव्यक्ति समग्र महिलामाथिको हिंसा भएको बताएकी छिन्।
उनले आफूलाई अपमानित गर्दै अपशब्द प्रयोग गर्ने नेता पन्तविरुद्ध कानुनी उपचारमा जानेसमेत बताएकी छिन्।
‘‘उहाँ (रघुजी पन्त)ले मनलाग्दी भन्नुभयो। मलाई लाग्छ यो महिलाप्रतिको हिंसा हो। कलाकारिताप्रतिको हिंसा हो,’’ आइतबार देखापढीसँग कुरा गर्दै वलीले भनिन्, ‘‘एउटा स्थायी कमिटी सदस्य जस्तो नेता, उहाँलाई पार्टीले कारबाही गर्नुपर्छ।’’
उनले आफूमाथि अन्याय भएको भन्दै क्षमा दिन नसकिने प्रस्ट पारिन्। ‘‘ममाथि अन्याय भएको छ। त्यसकारण ‘पहिला भन्दै गर्ने, अनि पछि सरी भन्ने’ गरेर क्षम्य हुने कुरा हुन्न,’’ उनले भनिन्।
यसै विषयमा देखापढीका मञ्जु कार्की र रोजिना थापासँगको कुराकानीमा सांसद वलीले राखेको भनाइ:
पत्रिकामा भनेको कुरा हो वा अनलाइनमा भनेको कुरा, त्यो मलाई थाहा छैन। त्यो मेरो मतलबको कुरा पनि भएन। ममाथि अन्याय भएको छ। त्यसकारण पहिला भन्दै गर्ने पछि सरी भन्दै गरेर क्षम्य हुने कुरा हुन्न।
उहाँ (रघुजी पन्त)ले मनलाग्दी भन्नुभयो। मलाई लाग्छ यो महिलाप्रतिको हिंसा हो। कलाकारिताप्रतिको हिंसा हो। एउटा स्थायी कमिटी सदस्य जस्तो नेता, उहाँलाई पार्टीले कारबाही गर्नुपर्छ जस्तो लाग्छ।
अहिले म कानुनी परामर्शमा नै छु। भोलिसम्म म यसको टुङ्गो लगाउँछु अनि भन्छु के गर्ने भनेर।
राष्ट्रपतिज्यूमाथि पनि घटिया शब्द प्रयोग भइरहेका छन्। उहाँमाथि पनि आक्षेप लगाउने खालका काम भइरहेका छन्। त्यो पनि राजनीतिक दलका नेताहरूबाटै। त्यसैले हाम्रो समाजमा आज पनि राजनीतिक क्षेत्रमा होस् वा अन्य क्षेत्रमा, महिलालाई हेर्ने दृष्टिकोण विल्कुल तल्लो स्तरको छ। त्यो स्पष्ट रूपमा स्थायी कमिटी सदस्य जस्तो व्यक्तिले तल्लो स्तरको शब्द प्रयोग गरेर स्पष्ट पारिसक्नुभयो।
यो समग्र महिलाहरूको अस्मितामाथिको प्रहार हो। चाहे सम्मानित पदमा रहेको राष्ट्रपतिलाई होस्, चाहे सामान्य महिला वा हामीजस्तो कार्यकता र कुनै पनि ठाउँमा काम गर्ने महिलालाई होस्। महिलाहरूको अस्मितामाथि पुर्याइएको चोट हो। लैंगिक हिंसा हो। यसको अन्त्यका लागि हरेक महिला यसको प्रतिकारमा, यो प्रवृतिको विरोधमा उत्रन जरूरी छ।
म त एउटा प्रतिकात्मक मात्र हुँ। त्यसैले तमाम आमा दिदीबहिनीका लागि पनि यो प्रतिष्ठाको विषय हो। उहाँहरूलाई चोट पुगेको विषय हो। यो विगतमा थियो, आज पनि छ र भोलि पनि रहन्छ। यो प्रवृति अन्त्यका लागि पनि अब हामी लड्नुपर्छ। म लड्नुपर्छ भन्ने सोच बनाइरहेकी छु।
यो महिलामाथिको हिंसा हो। महिलाहरू र केपी ओलीपक्षका महिला भन्ने कुरा आएन। यो समग्र महिलाहरूको अस्मितामाथिको प्रहार हो। चाहे सम्मानित पदमा रहेको राष्ट्रपतिलाई होस्, चाहे सामान्य महिला वा हामीजस्तो कार्यकता र कुनै पनि ठाउँमा काम गर्ने महिलालाई होस्। महिलाहरूको अस्मितामाथि पुर्याइएको चोट हो। लैंगिक हिंसा हो। यसको अन्त्यका लागि हरेक महिला यसको प्रतिकारमा, यो प्रवृतिको विरोधमा उत्रन जरूरी छ।
आज अष्टलक्ष्मी शाक्यज्यूको एउटा मिडियामा अन्तर्वार्ता पढेँ। जुन मेरो लागि एकदम दुःखलाग्दो छ। किनकि, उहाँले भन्नुभएको छ कि- कोमल वलीलाई त्यो भन्नु सामान्य कुरा हो।
यो ज्याँदै आपत्तिजनक छ। उहाँजस्तो एक महिलाले आजको दिनमा यस्तो कसरी भन्न सक्नुहुन्छ? मैले विकृति भित्र्याएको भन्ने हिसाबले आक्षेप लगाउनुभयो। यो हेर्दा एक पक्षले अर्को पक्षलाई सुनियोजित ढंगले हमला गरेको देखिन्छ।
यो कला क्षेत्र, सबै महिलामाथिको हमला हो। यो प्रवृत्तिको अन्त्य गर्न सबै महिला कलाकार एक ठाउँमा उभिनुपर्छ। उहाँहरूले यो समावेशी समानुपातिक प्रणालीको विपरीतमा प्रतिक्रिया दिनुभएको छ। २०७२ को संविधान आइसकेपछि यसको परिकल्पना नै विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिलाई पनि स्थान दिने भन्ने छ। राष्ट्रियसभा एउटा छुट्टै परिकल्पना गरेर विभिन्न क्षेत्रमा काम गरेका इन्जिनियर, डाक्टर, विशेषज्ञ, कलाकार, साहित्यकारहरूलाई पनि लैजाने ठाउँ हो।
यदि उहाँहरूलाई त्यस्तो लागेको थियो भने आजभन्दा चार वर्षअघिको कुरा हो। उहाँहरूलाई यस्तो लागेको भए त्यहीँ मेरो नाम रोक्न सक्नुहुन्थ्यो, यदि म अयोग्य थिएँ भने। अहिले आएर मेरो गीतसँग जोडेर जुन किसिमको अपशब्द प्रयोग गरेर, अपहेलित हुने गरी मेरो मान प्रतिष्ठामा आँच पुग्नेगरी राजनीतिक व्यक्तिले गैरराजनीतिक अभिव्यक्ति दिनुभयो यो ज्याँदै आपत्तिजनक छ।
त्यहीअनुसार मलाई दाङबाट तत्कालीन नेकपा एमालेले वडाबाट सिफारीस गरेर प्रदेश कमिटीले पनि नाम चयन गरी पारित गरेर लगेको हो। भलै, निर्वाचनमा मेरो पदमा अरू कसैले उम्मेदवारी दिनुभएन। म निर्विरोध रूपमा निर्वाचित भए पनि मलाई नेकपा एमालेले चयन गरेर अनुमोदन गरेको हो। उहाँहरू स्थायी कमिटीमा पनि हुनुहुन्छ। वरिष्ठ नेता हुनुहुन्छ। अहम भूमिकामा हुनुहुन्छ।

म कानुनी परामर्शमा छु। अहिले जिल्लामा छु। समयमै निर्णय गर्न सकिरहेको छैन। कानुनी उपचारमा जान्छु।
" /> काठमाडौं। राष्ट्रियसभा सदस्य कोमल वलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता रघुजी पन्तले आफ्नो बारेमा दिएको अभिव्यक्ति समग्र महिलामाथिको हिंसा भएको बताएकी छिन्।

">