काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहले पार्टीको स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ।
प्रतिनिधिसभा पुनर्स्थापनापछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न दुवै कमिटीको बैठक बोलाउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। “बैठक यही फागुन १९ गते बोलाउने भन्ने छलफल भएको छ,” सचिवालय बैठकपछि प्रवक्ता श्रेष्ठले देखापढीलाई बताए।
श्रेष्ठका अनुसार बैठकले निर्वाचन आयोगलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता विवाद छिटो निरूपण गर्न पनि आग्रह गर्ने निर्णय गरेको छ।
दल, चुनाव चिन्हलगायतबारे नेकपाको ओली समूह र प्रचण्ड समूहबीच विवाद छ। उक्त विवाद निर्वाचन आयोगमा पुगेको छ। आयोगले भने चाँडै विवाद निरूपण गर्ने बताउँदै आएको छ।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहले पार्टीको स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ।प्रतिनिधिसभा पुनर्स्थापनापछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न दुवै कमिटीको बैठक बोलाउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। “बैठक यही फागुन १९ गते बोलाउने भन्ने छलफल भएको छ,” सचिवालय बैठकपछि प्रवक्ता श्रेष्ठले देखापढीलाई बताए।

">