काठमाडौं। गृहमन्त्री रामबहादुुर थापा ‘बादल’ ले सर्वोच्च अदालतको फैसलाले देशलाई अस्थिरतातर्फ धकेलेको टिप्पणी गरेका छन्। सर्वोच्चको निर्णय मुलुकमा स्थायित्वको पक्षमा नभएको उनको भनाइ छ।
नेकपाको ओली समूहको गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणलाई आज पोखरामा सम्बोधन गर्ने क्रममा उनले अदालतको निर्णय मान्ने तर निर्णयले स्थायित्व भने प्रदान नगर्ने भन्दै असन्तुष्टि व्यक्त गरे।
प्रतिनिधिसभा पुनःस्थापनालाई नयाँ राजनीतिक मोर्चा भन्दै उनले यो मोर्चामा विजय प्राप्त गर्ने दृढता व्यक्त गरे।
“पक्कै पनि नयाँ मोर्चा (प्रतिनिधिसभा) मा हामीले विजय प्राप्त गर्नेछौ, विजय प्राप्त गर्नैपर्छ, यो समाजवादको यात्रालाई यो मोर्चामा विजय प्राप्त गरेर मात्रै अगाडि बढान सकिने छ”, गृहमन्त्री थापाले बताए।
उनले अब नयाँ ढङ्गबाट संघर्ष गरिने बताए। सम्बोधनको क्रममा गृहमन्त्री थापाले सर्वोच्च अदालतको फैसलाले प्रचण्ड समूहलाई नयाँ अवसर पैदा गरेको बताए। उनका अनुसार फैसलाले प्रचण्ड समूहलाई सच्चिँदै पार्टी एकतामा योगदान दिने अवसर प्रदान गरेको छ।
“अवसरवादीहरूका लागि अवसर सच्चिने मौका दिएको छ, उहाँहरूलाई आफ्ना ति गल्तीहरूलाई स्वीकार गरेर अविश्वासको प्रस्ताव फिर्ता लिएर पार्टीलाई एकता गर्ने अवसर दिएको छ”, गृहमन्त्री थापाले भने, “उहाँहरू अहिले गलत बाटोमा हिँड्नु भएको छ।”
गत भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले गरेको निर्णय कार्यान्वयन हुनुपर्नेमा उनले गोड दिए।
" /> काठमाडौं। गृहमन्त्री रामबहादुुर थापा ‘बादल’ ले सर्वोच्च अदालतको फैसलाले देशलाई अस्थिरतातर्फ धकेलेको टिप्पणी गरेका छन्। सर्वोच्चको निर्णय मुलुकमा स्थायित्वको पक्षमा नभएको उनको भनाइ छ।नेकपाको ओली समूहको गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणलाई आज पोखरामा सम्बोधन गर्ने क्रममा उनले अदालतको निर्णय मान्ने तर निर्णयले स्थायित्व भने प्रदान नगर्ने भन्दै असन्तुष्टि व्यक्त गरे।

">