काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका प्रमुख सचेतक (ओली समूह) विशाल भट्टराईले प्रचण्ड सत्ताबाहिर बस्नै नसक्ने नेता भएको आरोप लगाएका छन्।
आज देखापढीसँग कुरा गर्दै प्रमुख सचेतक भट्टराईले भने सत्ताकै लागि प्रचण्ड देउवाको शरणमा पुगेको बताएका छन्।
“प्रचण्ड अरूलाई गल हत्याएर नेतृत्वमा पुग्ने नेता हुन्, उनले कहिले पनि पार्टीभित्र प्रतिपर्धामा भाग लिएनन्,” उनले भने, “अहिले ओलीलाई गल हत्याउन खोजे, नसकेपछि देउवाको शरणमा पुगेको सबैले देखेका छन्।”
सर्वोच्च अदालतले संसद विघटन असंवैधानिक भएको ठहर गरेको तर प्रधानमन्त्रीलाई राजीनामा दिन आदेश नदिएको उनले बताए।
“प्रधानमन्त्री को बन्ने भन्ने विषय संसदको भएकोले सर्वोच्च अदालतले ११ दिन भित्र संसद बैठक बोलाउनु मात्र भनेको हो,” उनले थपे, “अब संसदमै हामी हरेक चुनौतीको सामना गर्छौं।”
प्रचण्डलाई प्रधानमन्त्री बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिने भन्दै ओली समूहका नेता भट्टराई पार्टी मन नपरे आफ्नो बाटो तताउन सुझाव दिएका छन्। वैधानिक रूपमा नेकपा विभाजन हुने नहुने टुंगो लाग्ने बेलासम्म पर्खन नसके नेकपा छोड्नुको विकल्प नहुने पनि भट्टराईले भनेका छन्।
भावी सत्ता समीकरणको प्रसङ्गमा बोल्दै नेता भट्टराईले नेपाली कांग्रेसले संसदमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन मतदान गरे मात्र वर्तमान सरकार ढल्ने बताएका छन्।
" /> काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका प्रमुख सचेतक (ओली समूह) विशाल भट्टराईले प्रचण्ड सत्ताबाहिर बस्नै नसक्ने नेता भएको आरोप लगाएका छन्।आज देखापढीसँग कुरा गर्दै प्रमुख सचेतक भट्टराईले भने सत्ताकै लागि प्रचण्ड देउवाको शरणमा पुगेको बताएका छन्।

">