काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले वनको सुरक्षा, संरक्षण र प्रवर्द्वन गर्न सरकारले प्रशस्त ध्यान दिएको बताएका छन्।
आज राजधानीमा आयोजित आठौं राष्ट्रिय परिषद सामुदायिक वन उपभोक्ता महासंघको कार्यक्रममा बोल्दै उनले वनको सम्पूर्ण बुझेर नै सरकारले नीति नियम बनाउँदा कदम चाल्ने जनाए।
“सामुदायिक वन र अन्य कुरामा पनि उपयोगी हुनेहरु तपाईहरुबाट निस्कर्ष आउनेछ भन्ने मैले विश्वास लिएको छु जसले सरकारलाई नीति बनाउन, रोजगार सृजना गर्न ठूलो योगदान पुर्याउने छ”, प्रधानमन्त्री ओलीले भने।
सामुदायिक वन उपभोक्ता समितिले आफ्ना छोराछोरीलाई जस्तै माया गरेर बोट बिरुवा हुर्काउँदा आज नेपालले वनका क्षेत्रमा ठूलो सफलता हासिल गरेको उनले बताए।
“उपभोक्ता समिति नबनेका भए, सामुदायिक वनको व्यवस्था नगरेको भए हाम्रो वनको धेरै प्रतिशत भाग नस्ट भइसकेको हुन्थ्यो। समितिले वनलाई पुनर्उत्थान, पुनर्जीवन दिएका छन्”, प्रधानमन्त्री ओलीले भने।
नेपालको वनले नेपालमा मात्र नभई विश्वकै वातावरणमा सन्तुलन मिलाएको उनले जनाए। अहिले नेपालको ४५ प्रतिशत भूभाग वन क्षेत्रले ओगटेको उनले बताए।
“नेपालको ६२ प्रतिशत भूभागले विश्वको वातावरणीय सन्तुलन मिलाउन योगदन दिइरहेको छ। नेपालको १७ प्रतिशत हिमाली क्षेत्र र ४५ प्रतिशत वन क्षेत्रले विश्वको वातावरणीय सन्तुलनमा समर्पित छ”, उनले बताए।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले वनको सुरक्षा, संरक्षण र प्रवर्द्वन गर्न सरकारले प्रशस्त ध्यान दिएको बताएका छन्।आज राजधानीमा आयोजित आठौं राष्ट्रिय परिषद सामुदायिक वन उपभोक्ता महासंघको कार्यक्रममा बोल्दै उनले वनको सम्पूर्ण बुझेर नै सरकारले नीति नियम बनाउँदा कदम चाल्ने जनाए।

">