काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अंशबण्डा नभएसम्म नेपाली कांग्रेस कसैको पक्षमा नबस्ने बताएका छन्। उनले नेकपाको विवाद समाधान नभएसम्म कांग्रेस प्रधानमन्त्री केपी शर्मा ओली वा पुष्पकमल दाहाल प्रचण्ड जिन्दावाद भन्दै हिँड्न नसक्ने बताएका छन्।
आज देखापढीसँग कुरा गर्दै नेता रिजालले भने, “विभाजित नेकपाको ‘क नेकपा’ कि ‘ख नेकपा’ कुन नेकपा सरकार जाँदै छ? कांग्रेसलाई थाहा छैन। नेकपा संसदीय दलको नेता ओली हो कि प्रचण्ड? कांग्रेसलाई थाहा छैन। यस्तो अवस्थामा हामी एउटा कम्युनिस्ट नेतालाई प्रधानमन्त्रीबाट हटाएर अर्को कम्युनिस्ट नेतालाई प्रधानमन्त्री बनाउन सक्दैनौँ।
“बरु प्रधानमन्त्री यसअघि पनि दुईपटकसम्म ल्याउनुको पार्टी फुटाउनेसम्बन्धी विधेयेक ल्याए कांग्रेसले सहयोग गर्छ। फुटेको नेकपाको जुनसुकै समूहले पनि कांग्रेसलाई वैकल्पिक प्रधानमन्त्रीको रूपमा कांग्रेस नेताकै नाम लेखेर प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रताव दर्ता गरे नयाँ-नयाँ सत्ता र समीकरण बन्न सक्ने नेता रिजालको भनाइ छ।
‘कांग्रेस सत्ता पाए जता पनि जान्छ’ भन्ने भ्रममा नबस्न पनि पनि नेता रिजालले दुवै नेकपालाई सुझाव दिएका छन्। नेता रिजालले भने, “कांग्रेस अलमलमा छैन। कांग्रेस कि विपक्षीको भूमिकामा रहन्छ कि सरकारको नेतृत्व गर्छ।”
कम्युनिस्ट नेतृत्वको सरकारमा मन्त्री बन्न जाने इच्छा कांग्रेसको नभएको र त्यसमा आफू त कुनै हालतमा नजाने नेता रिजालको भनाइ छ।
प्रधानमन्त्रीले राजीनामा दिने विषय, नैतिकता जे भने पनि प्रधानमन्त्रीकै विषय भएको भन्दै नेता रिजालल ओलीले संविधानको पालना नगरेको विषय मन नपरेको बताए। उनले भने, “कांग्रेससँग जम्मा २२ प्रतिशत सांसद छन्, प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता गर्न कम्तीमा २५ प्रतिशत सांसदको हस्ताक्षर चाहिन्छ।”
यस्तो अवस्थामा भावी सरकार कसरी बन्छ? को प्रधानमन्त्री हुन्छ? भनेर कांग्रेसलाई सोध्नुको औचित्य नभएको पनि नेता रिजालको भनाइ छ। उनले भने, “हामी प्रधानमन्त्रीविरुद्ध ल्याएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्छौं, तर त्यही प्रस्तावमा हुनेवाला प्रधानमन्त्रीको विकल्पका रूपमा नेपाली कांग्रेसको नेताको नाम हुनै पर्छ, अन्यथा कांग्रेस प्रतिपक्षी दल नै रहन्छ।”
" /> काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अंशबण्डा नभएसम्म नेपाली कांग्रेस कसैको पक्षमा नबस्ने बताएका छन्। उनले नेकपाको विवाद समाधान नभएसम्म कांग्रेस प्रधानमन्त्री केपी शर्मा ओली वा पुष्पकमल दाहाल प्रचण्ड जिन्दावाद भन्दै हिँड्न नसक्ने बताएका छन्।आज देखापढीसँग कुरा गर्दै नेता रिजालले भने, “विभाजित नेकपाको ‘क नेकपा’ कि ‘ख नेकपा’ कुन नेकपा सरकार जाँदै छ? कांग्रेसलाई थाहा छैन। नेकपा संसदीय दलको नेता ओली हो कि प्रचण्ड? कांग्रेसलाई थाहा छैन। यस्तो अवस्थामा हामी एउटा कम्युनिस्ट नेतालाई प्रधानमन्त्रीबाट हटाएर अर्को कम्युनिस्ट नेतालाई प्रधानमन्त्री बनाउन सक्दैनौँ।

">