आजै बिहान बालुवाटारमा दुई पक्षबीच पहिलो चरणको वार्ता भएको थियो। साँझ फेरि दोस्रो चरणको वार्ता भएको हो।
‘‘अहिले सॉझ नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गर्नुभएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता सम्पन्न भयो। वार्ता विषय केन्द्रित भएको, दुवै पक्ष समान धारणानजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ,’’सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीको परराष्ट्र सल्लाहकार राजन भट्टराईले टिवटरमार्फत जानकारी दिएका छन्।
विप्लव समूहसँग वार्ता गर्न सरकारले हिजो गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा दुई सदस्यीय वार्ताटोली गठन गरेको थियो। हिजो नै विप्लव नेतृत्वको नेकपाले पनि वार्ता टोली सार्वजनिक गरेको थियो। नेकपाले प्रवत्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदयबहादुर चलाउनेलाई आफ्नो तर्फबाट वार्ताटोलीको सदस्य घोषणा गरेको थियो।
वार्ताटोली घोषणा गरेको भोलिपल्टै (आज) प्रधानमन्त्री निवास बालुवाटारमा सरकार र विप्लव समूहबीच वार्ता भएको हो।
दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न
— Rajan Bhattarai (@Rajanktm) March 3, 2021
नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न भयो । वार्ता बिषय केन्द्रीत भएको,दुबै पक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ
" /> काठमाडौं। सरकार र नेत्रविक्रम चन्द्र (विप्लव) ले नेतृत्व गरेको नेकपाबीच दोस्रोचरणको वार्ता सम्पन्न भएको छ।

">