काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले नेकपाको असली रूप संसद्मा देखिने बताएका छन्।
“कांग्रेसले के गर्छ? कुन नेकपालाई साथ दिन्छ भन्ने मुख्य चासो छ तर कांग्रेसले संसदमा प्रस्तुत हुने नेकपाको रूप हेरेर निर्णय गर्छ,” आज देखापढीसँग कुरा गर्दै नेता महतले भने।
कांग्रेसलाई सरकारमा जान कति पनि हतार नभएको भन्दै नेता महतले नेकपा कानुनी रूपमा फुटे कांग्रेसले निर्णायक भूमिका खेल्ने बताए।
महतले भने, “नेकपा अहिलेकै अवस्थामा रहेसम्म कांग्रेसले सरकारमा जाने कल्पनासमेत गरेको छैन। अहिले नेताहरूले व्यक्त गरेको धारणा व्यक्तिगत धारणा हो, तर कांग्रेसले के गर्ने भन्ने आधिकारिक धारणा तय गर्न समय लाग्छ। हामी नेकपाका दुवै समूहलाई नियालिरहेका छौँ। अब नेकपा नफुटेसम्म कांग्रेसले विश्वास गर्न नसक्ने भएकै कारण नेकपाको कुनै एक समूहलाई साथ दिन सक्दैन।”
कम्युनिस्टहरूको झगडाले निम्त्याएको समस्या भएकोले भोलि सरकार परिवर्तन भइहाले पनि धेरै अपेक्षा गर्न नसक्ने नेता महतको भनाइ छ। “प्रधानमन्त्रीले पार्टी फुटाउनेसम्बन्धी विधेयक ल्याए कांग्रेसले सहयोग गर्छ, त्यसो हुन सकेन भने पूर्वएमाले र पूर्वमाओवादी ब्युँताउन सक्ने अर्को विकल्प छ," उनले भने, “ती विकल्पमा अब ओली र प्रचण्ड-माधव नेपाल समूह अगाडि बढ्नुपर्छ।”
पार्टी अलग भयो भनेर एकले अर्कालाई कारबाही गरिरहेको अवस्थामा जसपाले पनि नेकपालाई विश्वास गर्न नसकेको नेता महतको भनाइ छ।
“कांग्रेस प्रतीपक्षी दल हो। हाम्रोसामु कांग्रेसको १४औँ महाधिवेशन आगामी भदौ १९ सम्म सम्पन्न गर्नैपर्ने बाध्यता छ,” उनले भने, “त्यसकारण सरकारमा जाने खेलमा लाग्न कांग्रेसलाई हतार नभएको हो। बरु नेकपा फुटे आगामी निर्वाचनमा कांग्रेस पहिलो दल हुने अपेक्षा कांग्रेसको हो। यो राजनीतिमा सामान्य कुरा हो।”
" /> काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले नेकपाको असली रूप संसद्मा देखिने बताएका छन्।“कांग्रेसले के गर्छ? कुन नेकपालाई साथ दिन्छ भन्ने मुख्य चासो छ तर कांग्रेसले संसदमा प्रस्तुत हुने नेकपाको रूप हेरेर निर्णय गर्छ,” आज देखापढीसँग कुरा गर्दै नेता महतले भने।

">