काठमाडौँ। नेत्रविक्रम चन्द विप्लवको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)माथि सरकारले लगाएको प्रतिबन्ध फुकुवा हुने भएको छ। यसबारे भोलि राष्ट्रिय सभागृहमा हुने एक कार्यक्रममा सहमति सार्वजनिक गरिने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देखापढीलाई जानकारी दिएका छन्।
भोलि उक्त सहमति सार्वजनिक भएसँगै कार्यान्वयनमा आउने पनि मन्त्री ज्ञवालीले जानकारी दिएका छन्। आज बसेको मन्त्रिपरिषद्को बैठकले विप्लवमाथि प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको उनले जनाएका छन्। यसबारे जानकारी दिँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटमार्फत् पनि जानकारी दिएका छन्।
यससँगै विप्लवका पार्टीबाट पक्राउ परेका नेता तथा कार्यकर्ताहरूलाई छाड्ने निर्णय भने नभएको मन्त्री ज्ञवालीले जनाए। यसबारे पछि मात्र निर्णय हुने उनी बताउँछन्।
विप्लव समूहले हिंसात्मक गतिविधि गरेर राजनीतिक चरित्र गुमाएको भन्दै सरकारले २०७५ फागुन २८ गते मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्दै प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध भने त्यसको भोलिपल्ट अर्थात् २०७५ फागुन २९ गतेदेखि लागू भएको थियो।
" /> काठमाडौँ। नेत्रविक्रम चन्द विप्लवको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)माथि सरकारले लगाएको प्रतिबन्ध फुकुवा हुने भएको छ। यसबारे भोलि राष्ट्रिय सभागृहमा हुने एक कार्यक्रममा सहमति सार्वजनिक गरिने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देखापढीलाई जानकारी दिएका छन्।भोलि उक्त सहमति सार्वजनिक भएसँगै कार्यान्वयनमा आउने पनि मन्त्री ज्ञवालीले जानकारी दिएका छन्। आज बसेको मन्त्रिपरिषद्को बैठकले विप्लवमाथि प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको उनले जनाएका छन्। यसबारे जानकारी दिँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटमार्फत् पनि जानकारी दिएका छन्।

">