काठमाडौँ। प्रतिनिधिसभा विघटनको सरकारी निर्णय सर्वोच्च अदालतले बदर गरेपछि आगामी २३ गते पहिलोपटक प्रतिनिधिसभाको बैठक बस्दै छ।
सांसदहरूले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्। राजनीतिक सरगर्मी बढ्दो छ। प्रतिनिधिसभामा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने विषयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड समूह प्रतिपक्षी दलहरूसँग सहकार्य गर्न प्रयासरत छ।
यस्तो अवस्थामा सांसदहरूको के छ त तयारी? भन्ने विषयमा आज देखापढीले नेकपाको प्रचण्ड समूहका नेता तथा प्रतिनिधिसभा सदस्य डा. दीपकप्रकाश भट्ट, नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रकाश रसाइली स्नेही र जनता समाजवादी पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप यादवसँग कुरा गरेका छौँ।
डा. दीपकप्रकाश भट्ट, प्रतिनिधिसभा सदस्य तथा प्रचण्ड समूहका नेता
हामी अहिले प्रधानमन्त्री केपी ओली प्रवृतिविरुद्ध लडिरहेका छौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए भने स्वतः बाटो सहज हुन्छ।
त्यस्तो हुन सकेन भने कांग्रेस र जसपासँगको सहकार्य खोजी रहेका छौँ। हामी भरपर्दो तरिकाले तयारी सहमति जुटाउँछौ। त्यसपछि मात्र संसदमा अविश्वासको प्रस्ताव लैजान्छौँ। माधव नेपाल र प्रचण्डलाई प्रधानमन्त्री बनाउन अविश्वासको प्रस्ताव लैजाँदै छन् भन्ने हल्ला छ तर हामी लोकतान्त्रिक पद्धति बसाल्न यो कदम चाल्न बाध्य छौँ।
आफ्नै पार्टीका नेताको नेतृत्वमा रहेको सरकारविरुद्ध अविश्वासको प्रस्ताव लैजानु बाध्यता हो। अझै पनि हाम्रो पार्टी फुटेको छैन। हामीले ओलीले गरेका कामको विरोध गरिरहेका छौँ, ओली व्यक्तिको विरोध गरेका होइन।
अर्कोतर्फ जनजीविका सँग जोडिएका विषय संसदमा उठाउन आतुर छु। संसद विघटनपछि सडकमा मात्रै बोलियो अब जनताको मुद्दा, भ्रष्ट्राचारविरुद्ध, विकास निर्माणको पक्ष र सुशासन कायम गर्न सांसदहरूले बोल्ने दिन आए। अब सशक्त ढंगले बोल्छौँ।
प्रकाश रसायली ‘स्नेही, प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता
मुलुक अस्तव्यस्त छ। हामीले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम गलत भनिसकेका छौँ। त्यस कारणले प्रधानमन्त्रीविरुद्ध आउने प्रस्तावमा मतदान गर्ने कि नगर्ने भन्नेबारे पार्टीले ह्वीप जारी गर्ला, तर म व्यक्तिगत रूपमा अब अविश्वासको प्रस्ताव आए मतदान गर्नुपर्छ भन्ने पक्षमा छौँ।
काँग्रेसको नेतृत्वमा जारी भएको संविधान नै संकटमा पर्दा कांग्रेसले संविधानको बचाउका लागि पनि यो कदम चाल्नुपर्छ भन्ने लाग्छ।
नेपाली कांग्रेस वातावरण बने सरकारमा जान पनि तयारी छ। परिस्थिति कस्तो बन्छ, अहिले त नेकपा फुटेकै छ। हामीलाई महाधिवेशनको चटारो पनि छ। नेकपा नफुटेसम्म कुनै एक समूहलाई विश्वास गर्न सकिने अवस्था पनि रहँदैन तर मुलकलाई धेरै समय अनिर्णयको बन्दी बनाउन हुँदैन।
प्रदीप यादव, प्रतिनिधि सभा सदस्य तथा जनता समाजवादी पार्टी नेता
पार्टीभित्र के गर्ने भन्ने विषयमा आधिकारिक निर्णय हुन बाँकी छ तर ओलीले संसद विघटन गरेका विषय प्रतिगमन हो। जसपा प्रतिगमनको विरुद्धमा उभिन्छ।
सत्ता समीकरणबारे जे जति चर्चा भए पनि हामी ३४ जना सांसद छौँ। सरकार परिवर्तन गर्न हाम्रो भूमिका निर्णायक हुन सक्दैन तर कांग्रेस र प्रचण्ड समूह मिलेर अविश्वासको प्रस्ताव संसदमा लगे हामी पनि हाम्रो शर्त राखेर सहमति भए साथ दिन्छौँ।
हाम्रा शर्तहरू पुरानै छन्, संविधान संशोधन हुनुपर्छ, के-के विषयमा संशोधन गर्नुपर्छ भनेर हाम्रो पुरानै लिस्ट छ। रेशम चौधरीसहित मधेश, थरुहटलगायतका आन्दोलनमा जेल परेकाहरूको रिहाइ भए, घाइतेको निःशुल्क उपचार भए हामी सरकारमा जान सक्छौँ। अन्यथा हामीलाई सरकारमा जान हतार छैन।
केपी ओलीलाई विश्वास गरेर संविधान संशोधन गरिदिने आशमा समर्थन गरेका थियौँ। सरकारमा पनि गयौँ तर हाम्रो माग पूरा भएन। हामी हाम्रो शर्त उधारो होइन पूरा भए मात्र सरकारमा जान्छौँ।
" /> काठमाडौँ। प्रतिनिधिसभा विघटनको सरकारी निर्णय सर्वोच्च अदालतले बदर गरेपछि आगामी २३ गते पहिलोपटक प्रतिनिधिसभाको बैठक बस्दै छ।सांसदहरूले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्। राजनीतिक सरगर्मी बढ्दो छ। प्रतिनिधिसभामा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने विषयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड समूह प्रतिपक्षी दलहरूसँग सहकार्य गर्न प्रयासरत छ।

">