झापा। नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ मोड दिने झापा आन्दोलन भएको ४८ वर्ष पूरा भएको छ ।

तत्कालीन नक्सलवादी सशस्त्र विद्रोहबाट प्रत्यक्ष प्रभावित हुँदै विसं २०२८ मा युवा कम्युनिस्टहरुले झापाको ग्रामीण क्षेत्रबाट सुरू गरेको किसान आन्दोलनलाई इतिहासकारहरुले कतै ‘झापा विद्रोह’ र कतै ‘झापा वर्ग संघर्ष’को सङ्ज्ञा दिएका छन् ।

झापा विद्रोहमा लागेर चन्द्रगढी कारागारमा थुनिएका योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीलाई विसं २०२९ फागुन २१ गते जेल सार्ने निहुँमा पञ्चायती शासकले इलामको सिमानामा पर्ने सुखानी जंगलमा गोली हानी हत्या गरेका थिए । त्यही दिनको सम्झनामा हरेक वर्ष फागुन २१ गते ‘सुखानी शहीद स्मृति दिवस’ मनाउने गरिन्छ ।

हरेक वर्ष फागुन २१ का दिन सुखानीमा शहीदको प्रतिमामा माल्र्यापण गर्दै आएका कम्युनिस्ट नेताहरु शहीदको सपना पूरा गर्ने संकल्पबाट च्युत हुने गरेको आरोप लाग्दै आएको छ । समाज बदल्न आन्दोलनमा हिँडेका नेता सत्ता सुख र सुविधामा अल्मलिएर आफैँ बदलिएको तीखो दोषारोपण हुने गरेको छ ।

झापा विद्रोहको गर्भबाट जन्मिएको तत्कालीन नेकपा (एमाले) बाट केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनाल गरी तीन प्रधानमन्त्री बनिसकेका छन् । नेकपा (एमाले) बाटै मुलुकको प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी बनेकी छन् ।

विद्रोहका अगुवामध्येका ओली वर्तमान अवस्थामा प्रधानमन्त्री र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्ष नै छन् । विद्रोहकालीन नेता सिपी मैनाली, राधाकृष्ण मैनाली र सीता खड्का मन्त्री भइसकेका छन् भने नरेश खरेल, मनकुमार गौतम, सीता खड्का, गौरा प्रसाईँलगायत दर्जनौँले सांसद बन्ने मौका पाइसकेका छन् ।

तत्कालीन नेकपा माओवादीका तर्फबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा.बाबुराम भट्टराईले समेत झापा विद्रोहलाई तत्कालीन १० वर्षे जनयुद्धको प्रेरणाको स्रोत भएको बताउने गरेका थिए ।

पञ्चायती एकदलीय शासनका बेला छिन्नभिन्न भएको कम्युनिस्ट आन्दोलनमा नयाँ ऊर्जा भर्दै एकीकृत बनाउने श्रेय पाएको झापा विद्रोहका अगुवाहरु यतिबेला फेरि विभाजनको भुमरीबाट गुज्रिरहेका छन् ।

विसं २०७४ को आम चुनावमा दुईतिहाइ नजिकको बहुमत प्राप्त गरेर सत्तामा पुगेको नेकपा विभाजनको ‘अहिले कि भरे’को अवस्थामा छ ।

जुटिसकेको नेकपा फेरि नेताहरुको वैयक्तिक महत्वाकांक्षा र टक्करका कारण विभाजनको संघारमा पुगेको ठहर गर्दै कम्युनिस्ट आन्दोलनमा लामो समय जेलनेल व्यहोरेका झापाली योद्धाहरु नेताहरुले शहीदको सपनाबाट अन्यत्र नमोडिन खबरदारी गर्छन् ।

“हामीले आन्दोलन गरेर राजतन्त्र फालेर गणतन्त्र स्थापना गर्यौँ, तर नेताहरुमा भएको सामन्ती सोच, शैली र व्यवहार फाल्न सकेनौँ”, झापा विद्रोहमा लागेर १४ वर्ष कठोर कारावास भोगेका नेकपा केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य नरेश खरेल भन्छन्, “शहीदको सपना नेताहरुलाई सत्तामा पुर्याउनु मात्र थिएन ।”

उनले झापा आन्दोलनको सपना मानिएको गणतन्त्रको स्थापना भइसके पनि मुलुकलाई समाजवादतिर नलगेसम्म शोषित पीडित समुदायले परिवर्तनको अनुभूति गर्न नसक्ने बताए ।

शहीदको बलिदान राजनीतिक व्यवस्थाको परिवर्तनका लागि मात्र नभएर गरिब जनताको हितमा समतामूलक शासन ल्याउन भएको बताउँदै झापा आन्दोलनका अगुवामध्येका नेता खरेल सुखानीका शहीदको अधुरा सपना पूरा गर्नेतर्फ डटेर लाग्न खबरदारी गर्छन् ।

झापा विद्रोहबाट प्रभावित भई कम्युनिस्ट आन्दोलनमा लाग्दा विभिन्न समयमा जेलनेल भोगेका झापाली योद्धा भीम कुँवरले प्रधानमन्त्री केपी शर्मा ओलीले देशको सार्वभौमसत्ता र स्वाभिमानको रक्षा, सुशासनको पहल, सुखी नेपाली समृद्ध नेपाल अभियानको थालनी, विपन्नलाई निःशुल्क आवास र सामाजिक सुरक्षा भत्ताजस्ता थुप्रै सकारात्मक कार्य गरेको बताए ।

“अरु प्रधानमन्त्रीहरुले बोल्ने आँटसमेत नगरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भूमि समेटेर चुच्चे नक्सा जारी गर्नु सामान्य उपलब्धि होइन”, झापाको चन्द्रगढीमा अग्र्यानिक कृषि फार्म सञ्चालन गरी जीविका चलाउँदै आएका योद्धा कुँवर भन्छन्, “केपी ओलीबाट जनताले अरु थुप्रै राम्रा कामको आशा र भरोसा गरेका छन्, अहिले जति काम भए यतिले पर्याप्त हुँदैन ।”

सुशासन कायम गर्ने र मुलुकमा आर्थिक समृद्धिको लहर ल्याउने काम अधुरै रहेको जनाउँदै उनले अहिलेको परिवर्तन ल्याउन ज्यानको बाजी थापेका राजनीतिक योद्धाहरुको अवस्था कहालीलाग्दो रहेको गुनासो गरे ।

प्रधानमन्त्री ओलीसँगै १४ वर्ष जेल जीवन बिताएका अर्का सहयोद्धा एवं संविधानसभा सदस्य मनकुमार गौतम ‘साथीहरु आज हामीलाई मार्नका लागि जेल सारिँदैछ, क्रान्तिको अभिभारा पूरा गर्ने जिम्मा अब तपाईँहरुको भयो’ भन्दै ४८ वर्षअघि सुखानीका पाँच शहीदले चन्द्रगढी कारागारबाट सरुवा हुँदै गर्दा आफूहरुलाई भनेको कुरा सम्झिन्छन् ।

कारागारबाट सार्ने कुरा आएपछि सुखानीका शहीदहरुले आफूलाई बलिदानका लागि तयार राखेको र सुखानीमा पुर्याएर गोली हानी हत्या गर्दा आफ्नो शरीर ढले पनि क्रान्ति र क्रान्तिका सपना नढल्ने भन्दै हाँसीहाँसी छाती थापेको उनले बताए ।

“क्रान्तिका लागि हाँसीहाँसी गोली थाप्ने ती महान् शहीदका सपना पूरा गर्ने विषयमा कसैले पनि गद्दारी गर्नुहुँदैन”, नेकपाका केन्द्रीय सदय गौतमले भने, “उहाँहरुले वीरगति पाएको ४८ वर्ष पूरा भइसक्दा शहीदका धेरै सपना अधुरै छन् । झापा आन्दोलनको नेतृत्वकर्तामध्येका एक केपी ओली प्रधानमन्त्री रहेको सरकारले जुनसुकै अप्ठ्याराको सामना गर्दै शहीदका सपना पूरा गर्नुपर्छ ।”

‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने नाराका साथ वर्तमान केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले थुप्रै आशलाग्दा कामहरु गरिरहेको उल्लेख गर्दै उनले समाजमा व्याप्त शोषण, दमन, विभेद र अत्याचारको अन्त्य नभएसम्म शहीदका सपना अधुरै रहने बताए ।

झापा विद्रोहका क्रममा सुखानीमा बलिदान दिएका अगुवा नेता रामनाथ दाहालकी छोरी मञ्जु प्रसाईँ कनकाई नगरपालिकाका उपप्रमुख छिन् ।

नेकपा एमालेबाट निर्वाचित उनी आफूजस्ता केही व्यक्तिले पद पाउँदैमा शहीद परिवारको अवस्थामा सुधार नआउने बताउछन् । क्रान्तिका सयौँ योद्धाका परिवारको हालत दयनीय भएको हुँदा पार्टी र सरकारले त्यसतर्फसमेत ध्यान दिनुपर्ने उनको आग्रह छ ।

सरकारले शहीदका परिवारलाई परिचयपत्रसमेत नदिएको उनले गुनासो गरिन् । व्यक्तिगत लोभ, स्वार्थ र विभाजनकारी सोच त्यागेर नेपाली कम्युनिस्ट आन्दोलनलाई अझ बलियो बनाउन र शहीदको सपनाबाट च्युत हुन नदिन देश र पार्टी हाँकिरहेका नेताहरुलाई जनखबरदारी आवश्यक भएको उनले बताइन् ।

" /> झापा। नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ मोड दिने झापा आन्दोलन भएको ४८ वर्ष पूरा भएको छ ।

"> सुखानीको सपनाबाट अन्यत्र नमोडिन योद्धाहरुको खबरदारी: Dekhapadhi नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ मोड दिने झापा आन्दोलन भएको ४८ वर्ष पूरा भएको छ ।
• झापा विद्रोहमा लागेर चन्द्रगढी कारागारमा थुनिएका योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीलाई विसं २०२९ फागुन २१ गते जेल सार्ने निहुँमा पञ्चायती शासकले इलामको सिमानामा पर्ने सुखानी जंगलमा गोली हानी हत्या गरेका थिए ।

सुखानीको सपनाबाट अन्यत्र नमोडिन योद्धाहरुको खबरदारी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्