प्रधानमन्त्री ओली र विप्लव एउटै गाडी चढेर आइपुगे सभागृह

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम शर्मा ‘विप्लव’ एउटै गाडीमा राष्ट्रिय सभागृहमा पुगेका छन्।

सरकार र विप्लव समूहबीच बिहीबार (हिजो) भएको तीन बुँदे सहमतिमा हस्ताक्षर गर्न आयोजित समारोहलाई सम्बोधन गर्नका लागि प्रधानमन्त्री ओली र विप्लव एउटै गाडी चढेर सभागृह पुगेका हुन्।

उनीहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट एउटै गाडी चढेर सभागृह आएका हुन्। सभागृह आउनुअघि बालुवाटारमा दुई नेताबीच संक्षिप्त कुराकानी भएकाे प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए

दुई पक्षबीचको वार्ता सफल भएपछि पहिलोपटक दुवै नेताले एउटै मञ्‍चबाट सम्बोधन गर्न लागेका हुन्।

विप्लव तीन वर्षपछि पहिलो पटक सार्वजनिक भएका छन्। तीन वर्षदेखि भूमिगत रहेका उनी सरकारसँगकाे सहमतिसँगै शान्तिप्रक्रियामा फर्केका हुन्।

प्रतिक्रिया दिनुहोस्