काठमाडौं। नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड समूहको संसदीय दलको बैठक बसिरहेको छ।
बैठकको अध्यक्षता ज्येष्ठ सदस्यको हैसियतले सांसद झलनाथ खनालले गरेका छन्।
सिंहदरबारस्थित नेकपाको संसदीय दलको कार्यालयमा बसिरहेको बैठकमा खनालले एजेन्डाहरू राखिरहेको सांसद धर्मशीला चापागाईंले बताइन्।
“अहिले ज्येष्ठ सदस्यको हैसियतले झलनाथ खनाल कमरेडले बैठकको अध्यक्षता गर्नुभएको छ र उहाँले बैठकको एजेन्डाहरू राखिरहनुभएको छ,” सांसद चापागाईंले देखापढीसँग भनिन्।
सांसदहरूले अहिले उपस्थिति खातामा हस्ताक्षर गरिरहेका छन्।
बैठकमा कति सांसद उपस्थित छन्? भन्ने प्रश्नमा सांसद चापागाईंले संसदीय दलको हलभरि सांसदहरू रहेको र गन्न बाँकी रहेको बताइन्।
नेकपाको प्रचण्ड समूहले बहुमत सांसदहरू रहेको दावी गर्दै आएको छ। प्रचण्ड समूहका एकजना सांसदका अनुसार सो पक्षमा १०० भन्दा बढी सांसद छन् तर यो दावी पुष्टि भएको छैन।
आजको बैठकले भने सांसदहरू कति छन् भन्ने पुष्टि हुनेछ।
यता प्रधानमन्त्रीसमेत रहेका नेकपाको ओली समूहले पनि १०० बढी सांसद रहेको दावी गरेको छ।
उक्त समूहले पनि भोलि संसदीय दलको बैठक बोलाएको छ। सोही बैठकले ओली समूहमा कति सांसद छन् भने देखाउनेछ।
हालसम्म दुवै समूहले पार्टीको जुनसुकै कमिटीमा बहुमत रहेको अपुष्ट दावी गर्दै आएका छन्।
" /> काठमाडौं। नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड समूहको संसदीय दलको बैठक बसिरहेको छ।बैठकको अध्यक्षता ज्येष्ठ सदस्यको हैसियतले सांसद झलनाथ खनालले गरेका छन्।

">