अब नेपालमा हिंसात्मक द्वन्द्व छैन : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा हिंसात्मक द्वन्द्व अन्त्य भएको र शान्ति भएको बताएका छन्।

सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीचको सहमतिमा हस्ताक्षर गर्न आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

ओलीले विप्लव नेत्रविक्रम चन्द ‘विप्लव’को कदम साहसिक भएको भन्दै उनलाई बधाई र शुभकामना दिए।

‘‘उहाँले साहसिक कदम चाल्नुभएको छ। ठूलो ऐतिहासिक निर्णय लिनुभएको छ। यसको लागि म उहाँलाई नेपाल सरकार र नेकपाको तर्फबाट धन्यवाद दिन चाहन्छु,’’ प्रधानमन्त्री ओलीले भने।

सिफारिस

सरकार र विप्लव समूहले गरे तीन बुँदे सहमतिमा हस्ताक्षर

उनले नेपाली जनताको चाहना शान्ति र समृद्धि रहेको भन्दै यो सहमतिले त्यसमा सहयोग पुर्‍याउने बताए।

सरकार र विप्लव समूहबीच भएको सहमति ऐतिहासिक भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्