काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली समूहका मुख्य सचेतक विशाल भट्टराईले प्रचण्ड समूहले गरेको बैठक र पत्राचारले मान्यता नपाउने दाबी गरेका छन्।
पार्टी संसदीय दलको नेता केपी शर्मा ओली नै भएको उल्लेख गर्दै उनले यसप्रति कुनै द्विविधा हुन आवश्यक नभएको बताएका छन्।
उनले आज विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा समेतमा पार्टीको तर्फबाट हुने प्रतिनिधित्व, आवश्यक निर्णय र आधिकारिकता आदिमा दलको विधान-२०७५ अनुसार ओली नै दलको नेता भएकोले संसद् सचिवालयलगायत सबैमा कुनै द्विविधा र भ्रम नहोस् भनेका छन्। दलका उपनेता सुवासचन्द्र नेम्वाङ, मुख्य सचेतक आफैं र सचेतकमा शान्ता चौधरी रहेको पनि विज्ञप्तिमार्फत उल्लेख गरेका छन्।
निर्वाचन आयोगको गत माघ ११ गतेको निर्णयअनुसार पार्टी बैठकको मान्यता प्राप्त हुन अध्यक्षको परामर्शमा महासचिवले बैठक आह्वान हुनुपर्ने र पार्टीको आधिकारिक पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर हुनुपर्ने भनिएकोले नेकपाको प्रचण्ड समूहले गरेको बैठक र पत्राचारले मान्यता नपाउने उनको दाबी छ।
उनले प्रचण्डले यही फागुन १७ गते सङ्घीय संसद् सचिवालयका महासचिवलाई सम्बोधन गरी लेखेको पत्रप्रति गम्भीर ध्यानाकर्षण भएको पनि बताएका छन्।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली समूहका मुख्य सचेतक विशाल भट्टराईले प्रचण्ड समूहले गरेको बैठक र पत्राचारले मान्यता नपाउने दाबी गरेका छन्।पार्टी संसदीय दलको नेता केपी शर्मा ओली नै भएको उल्लेख गर्दै उनले यसप्रति कुनै द्विविधा हुन आवश्यक नभएको बताएका छन्।

">