प्रतिनिधिसभा बैठक सुरु
<p>काठमाडाैं। सर्वाेच्च अदालतको फैसलाबाट पुनर्स्थापित प्रतिनिधिसभाको बैठक सुरु भएको छ।</p>
<p>ढिला गरी सुरु भएको बैठकको सुरुमै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको सातौं बैठक आह्वान गरेको पत्र वाचन गरेर सुनाएका छन्।</p>
<p>उनले जनताका प्रतिनिधिका सर्वोच्च थलो पुनर्स्थापना भएकोमा खुसी व्यक्त गरेका छन्।</p>
<p>उनले संसद् पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाप्रति आभार व्यक्त गरेका छन्। फैसलाले सर्वोच्च अदालतप्रति भरोसा बढेको उनले बताए।</p>
प्रतिक्रिया दिनुहोस्