प्रचण्ड-नेपाल समूहका सांसदद्वारा प्रतिनिधिसभा बहिष्कार
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेकपा एमालेका असन्तुष्ट सांसदहरुले प्रतिनिधिसभा बहिष्कार गरेका छन्। उनीहरु बैठक छाडेर हलबाट बाहिरिएका छन्।

यसअघि सांसद भीम रावलले पूर्वनिर्धारित कार्यसूचीबाहिरको प्रस्ताव अगाडि बढाइएको भन्दै आपत्ति जनाएका थिए।

उनले वैधता गुमाएको सरकारले कुनै अध्यादेश पेस गर्न नपाउने जिकिर गरे।

रावलले प्रधानमन्त्री र सरकारको स्थिति पहिले थाहा पाउनुपर्ने बताएका छन्। उनले प्रधानमन्त्री ओली र सरकारले सम्पूर्ण रूपमा वैधता गुमाएको बताए।

यस्तो अवस्थामा सरकार र प्रधानमन्त्रीको स्थिति आमरूपमा थाहा पाउन आवश्यक रहेको सांसद रावलको भनाइ छ। आफैंले विघटन गरेको प्रतिनिधिसभा बैठकमा प्रस्ताव लिएर प्रधानमन्त्री कसरी आउन सक्छन् भन्दै आलोचना गरेका छन्।

सभामुखले कार्यसूचीअनुसार नै अत्यावश्यक अध्यादेश पेश गर्न लागिएको बताउँदै बैठक अगाडि बढाएपछि प्रचण्ड-नेपाल समूहका सांसदहरु बैठक बहिष्कार गर्दै बाहिरिएका हुन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्