आज संघीय संसद् भवनमा प्रवेश गर्ने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दहालले सर्वोच्चको फैसलाबारे यस्तो बताएका हुन्।
“अहिले टिप्पणी गर्ने बेला भएको छैन। हामीले अपेक्षा गरेको भन्दा फरक फैसला आएको छ। फैसलाको सबै विवरण हेरेपछि मात्र टिप्पणी गर्न सकिन्छ,” प्रचण्डले भने।
सर्वोच्च अदालतले आज ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई आधिकारिकता दिने फैसला सुनाएको थियो। उक्त फैसलासँगै तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा (माओवादी केन्द्र)बीच एकीकरण भएर बनेको नेकपा पार्टी खारेज भएको छ।
सर्वोच्चले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र यथावत दल कायम रहने ठहर गरेको छ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको बताएका थिए। नेकपाका अध्यक्ष ओलीले थप कुरा पार्टीको बैठकबाट निर्णय गरी बताउने जानकारी दिए।
" /> काठमाडौं। पूर्वनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड'ले सर्वोच्च अदातलको फैसला अनपेक्षित रहेको बताएका छन्।आज संघीय संसद् भवनमा प्रवेश गर्ने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दहालले सर्वोच्चको फैसलाबारे यस्तो बताएका हुन्।

">