काठमाडौं। लामो समयका राजनीतिक सहयात्री केपी शर्मा ओली र माधव कुमार नेपालबीच यतिबेला सम्बन्ध तिक्ततापूर्ण छ ।
त्यसैले दुवै नेता एक अर्कालाई कसरी ‘साइज’ मा राख्ने र कर्नरमा पार्ने भन्ने दाउमा देखिन्छन् । दुवै नेताले एक अर्काविरुद्ध सार्वजनिक रुपमा नै कडा टिप्पणी गर्दै आएका छन् ।
तिक्तताकै कारण फागुन ११ गते जन्मदिन मनाएका केपी शर्मा ओलीलाई माधव नेपालले बधाई समेत दिएनन् । सोही दिन ओलीले विघटन गरेको संसद सर्वोच्चले पुनस्र्थापना गरिदिएपछि प्रचण्ड र माधव नेपालले लड्डु खाए ।
आइतबार पनि त्यस्तै संयोग परेको छ । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता विवादको फैसला गरेको दिन माधव कुमार नेपालको जन्मदिन थियो ।
नेता नेपालले अब एमाले इतिहास भइसकेको भन्दै कसैले ब्यूताउन नसक्ने बताइरहेका बेला सर्वोच्चले नेकपा नाम लिन नसक्ने भन्दै साबिकका एमाले र माओवादी केन्द्र नै कायम हुने फैसला गरेको छ ।
यो फैसलापछि अब ओली पक्षमा लागेका पूर्वमाओवादीहरु र प्रचण्ड समूहमा रहेका पूर्वएमालेहरुको अवस्था के हुन्छ भनेर टिकाटिप्पणी भइरहेका छन् । सर्वोच्चको फैसला आउँदा माधव नेपाल जन्मदिन मनाउने क्रममा नै थिए ।
जन्मदिनको अवसरमा उनलाई धेरैतिरबाट बधाईको ओइरो लागेको थियो । यसरी वधाई दिनेमा प्रधानमन्त्री केपी शर्मा ओली समेत थिए ।
ओलीले आइतबार बिहानै नेपाललाई फोन गरेर जन्मदिनको शुभकामना दिएका थिए । नेपालले पनि ओलीलाई धन्यवाद दिए । ओलीले नेपाललाई शुभकामना दिएकै दिन नेता नेपाल समेत सहभागी भएर ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई नेता बनाइएको जानकारी सभामुखलाई गराइएको थियो ।
ओली र नेपाल अलग समूहबाट राजनीति गरिरहेका थिए । तर आइतबार नै सर्वोच्च अदालतले नेकपा खारेज गरेर पूर्ववत रुपमा एमाले र माओवादी केन्द्र ब्युँतिने फैसला सुनाएपछि भने ओली र नेपाल एकै ठाउँमा भएका छन् ।
" /> काठमाडौं। लामो समयका राजनीतिक सहयात्री केपी शर्मा ओली र माधव कुमार नेपालबीच यतिबेला सम्बन्ध तिक्ततापूर्ण छ ।त्यसैले दुवै नेता एक अर्कालाई कसरी ‘साइज’ मा राख्ने र कर्नरमा पार्ने भन्ने दाउमा देखिन्छन् । दुवै नेताले एक अर्काविरुद्ध सार्वजनिक रुपमा नै कडा टिप्पणी गर्दै आएका छन् ।

">