काठमाडौँ। भर्खरै काठमाडौँको पेरिसडाँडामा सम्पन्न पुष्पकमल दाहाल प्रचण्ड पक्षको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको फैसलाबारे छलफल गरेको छ। सर्वोच्च अदालतले राजनीतिक फैसला गरेको उक्त बैठकले ठहर गरेको छ।
बैठकपछि उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिँदै सर्वोच्चले रिट निवेदकको मागबाहिर गएर राजनीतिक फैसला गरेको बैठकको ठहर भएको जनाएका छन्। उनले नामका बारेमा निष्कर्ष निकाल्नुपर्ने ठाउँमा अदालतले निवेदकको मागबाहिर गएर फैसला गरेको उनले जनाएका छन्।
“सर्वोच्चले नामका बारेमा निष्कर्ष निकाल्नुपर्ने हो,” उनले भने, “आदेश गर्नुपर्ने जिम्मवोरी हुँदा हुँदै अदालतले बाहिर गएर फैसला गरेको छ।”
बैठकले यसरी एकीकृत पार्टीलाई विभाजन गर्ने फैसला गरेको पूर्णतः गलत र अनपयुक्त भएको जनाउँदै यसप्रति गम्भीर असहमति जनाएको प्रवक्ता श्रेष्ठले बताएका छन्। यसका बाबजुद पनि अदालतको फैसला कार्यान्वयनको प्रक्रियामा जाने उनले बताएका छन्।
" /> काठमाडौँ। भर्खरै काठमाडौँको पेरिसडाँडामा सम्पन्न पुष्पकमल दाहाल प्रचण्ड पक्षको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको फैसलाबारे छलफल गरेको छ। सर्वोच्च अदालतले राजनीतिक फैसला गरेको उक्त बैठकले ठहर गरेको छ।बैठकपछि उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिँदै सर्वोच्चले रिट निवेदकको मागबाहिर गएर राजनीतिक फैसला गरेको बैठकको ठहर भएको जनाएका छन्। उनले नामका बारेमा निष्कर्ष निकाल्नुपर्ने ठाउँमा अदालतले निवेदकको मागबाहिर गएर फैसला गरेको उनले जनाएका छन्।

">