काठमाडौं। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाट सदस्यताबाट निस्कासन गर्नेहरुलाई ‘अपराधी’ भएको बताएका छन्।
“प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निस्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ”, प्रेस सल्लाहकार थापाले ट्वीटरमा लेखेका छन्।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएको थियो।
एउटा समूहको नेतृत्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले गरेका थिए भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका थिए। पार्टी दुई समूहमा विभाजन भएपछि माधवकुमार नेपाल, झलनाथ खनाल समेत रहेको प्रचण्ड समूहले ओलीलाई पटकपटक पार्टी सदस्यबाट निस्कासित गरेका थिए।
फागुन ११ गने प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि नेकपा औपचारिक रुपमै फुटमा तयारीमा जुटेको थियो। फागुन २३ गते सर्वोच्च अदालतले नेकपा पार्टी अर्कै व्यक्तिको भएको फैसला गर्र्दै नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) लाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काइदिएको थियो।
२०७५ जेठ ३ गते एमाले र माओवादी दुई पार्टीबीच एकता भई नयाँ पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेका थिए। उक्त नाम राखेपछि आफ्नो पार्टीको नाम खोसिएको भन्दै ऋषि कट्टेलले सर्वोच्चमा रिट दिएका थिए, जसको फैसला आइतबार सर्वोच्च अदालतले सुनाएको थियो ।
अदालतको निर्णयपछि हिजो बसेको प्रचण्ड समूहको बैठकले पूर्व एमाले एमालेमै र पूर्व माओवादी माओवादीमै फर्कने घोषणा गरेको थियो। प्रचण्ड समूहमा रहँदा पूर्व एमाले नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले प्रधानमन्त्री ओलीको चर्को आलोचना गर्दै पार्टीको सदस्यबाट समेत निस्कासन गर्ने निर्णय गरेका थिए।
गत आइतबार बसेको प्रतिनिधिसभा बैठकमा त प्रचण्ड समूहमा रहेका पूर्वएमाले नेता भीम रावलले त प्रधानमन्त्री ओलीको पार्टी कुन हो भनि प्रश्न समेत गरेका थिए। त्यसको भोलिपल्ट पूर्व एमाले एमालेमै र पूर्व माओवादी नेता माओवादीमै जाने निर्णय गरेका थिए।
त्यसपछि प्रधानमन्त्री प्रेस सल्लाहकार थापाले प्रधानमन्त्री ओलीलाई पार्टी सदस्यताबाट निस्कासन गर्नेहरु अपराधी भएको बताएका हुन्।
“दुई तिहाइको जनादेश पाएकोमा सरकारलाई घेराबन्दी गरी असफल बनाउन न्वारानदेखिको बल लगाउने यिनको अनैतिक हर्कत बिर्सन मिल्दैन”, प्रेस सल्लाहकार थापाले ट्वीटर मार्फत भनेका छन्।