काठमाडौं। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने छ।
पार्टी प्रवक्ता तथा स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले नेकपा विभाजन र पुनःस्थापित संसद्मा पार्टी कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताए।
पार्टीको कार्यालयहरू पुनःस्थापना गर्ने, केन्द्रीय कमिटीसँगै पार्टीका अन्य कमिटीहरूलाई जीवित बनाउने विषयले पनि बैठकमा प्रवेश पाउने उनले बताए।
माओवादी केन्द्र विभाजनपछि नेकपा एमालेको पनि सचिवालय बैठक आजै बस्दै छ। अपरान्ह ४ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्ने भएको हो।
" /> काठमाडौं। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने छ।पार्टी प्रवक्ता तथा स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले नेकपा विभाजन र पुनःस्थापित संसद्मा पार्टी कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताए।

">