काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरू भएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ ले बताए।
माओवादी पार्टी कार्यालय पुनःस्थापनादेखि पार्टीको सबै संगठन कमिटीहरूलाई जीवन्तता दिने, सरकारलाई दिएको समर्थन के गर्ने र अब संसद्मा कसरी प्रस्तुत हुने लगायत विषयमाथि बैठकमा छलफल हुने भएको छ।
आइतबार सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र एकीकृत भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता ऋषिराम कट्टेललाई दिएपछि उक्त दल खारेज भएकोले साविकको दुवै पार्टी ब्युँतिएको छ।
पार्टी ब्युँतिएपछिको माओवादी केन्द्रको यो पहिलो स्थायी कमिटी बैठक हो।
" /> काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरू भएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ ले बताए।माओवादी पार्टी कार्यालय पुनःस्थापनादेखि पार्टीको सबै संगठन कमिटीहरूलाई जीवन्तता दिने, सरकारलाई दिएको समर्थन के गर्ने र अब संसद्मा कसरी प्रस्तुत हुने लगायत विषयमाथि बैठकमा छलफल हुने भएको छ।

">