काठमाडौं। निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको राजनीतिक दल खारेज गर्ने निर्णय गरेको छ।
आयोगको आज बसेको बैठकले खारेजीको जानकारी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” लाई गराउने निर्णय समेत गरेको छ।
बैठकले नेकपा एमाले र माओवादी केन्द्रलाई साविककै अवस्थामा कायम राखी सो जानकारी पनि ओली र प्रचण्डलाई दिने निर्णय गरेको छ।
नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भई २०७५ साल जेठ २३ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो। फागुन २३ गते सर्वोच्च अदालतले उक्त नाम ऋषि कट्टेलको नाममा रहेको कारण खारेज गरेपछि आयोगले पनि आज खारेजीको निर्णय गरेको हो।
नेकपा एमाले र माओवादी केन्द्र एकीकरण पछि बनेको नेकपा आयोगमा १४५ नम्बरमा दर्ता भएको थियो।
" /> काठमाडौं। निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको राजनीतिक दल खारेज गर्ने निर्णय गरेको छ।आयोगको आज बसेको बैठकले खारेजीको जानकारी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” लाई गराउने निर्णय समेत गरेको छ।

">