काठमाडौं। निर्वाचन आयोगले नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रलाई एकीकरण गर्ने भए १५ दिन भित्र निर्वाचन आयोगमा निवेदनसहित आउन सूचित गर्ने निर्णय गरेको छ। आयोगको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।
“नयाँ दलको रूपमा एकीकरण गर्ने भए एकीकरणपछि बन्ने दलको नयाँ नाम र चिह्नसमेत प्रस्ताव गरी १५ (पन्ध्र) दिनभित्र आयोगमा निवेदनसहित उपस्थित हुनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)लाई जानकारी गराउने,” आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।
सर्वोच्च अदालतको फैसला कार्यान्वयनको क्रममा आयोगले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई आजै खारेज गरेको छ।
एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामक राजनीतिक दल दर्ता भई प्रकाशित सूचनालाई समेत राजपत्रबाट खारेज गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ। खारेज गरेको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
“सम्मानित सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको फैसलाले निर्वाचन आयोगमा साविकमा राजनीतिक दलका रूपमा दर्ता रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग-अलग राजनीतिक दलका रूपमा साविककै अवस्था (२०७५ जेठ २३ गतेभन्दा अगाडिको)मा कायम रहेको हुँदा सो व्यहोराको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने” आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
२०७५ जेठ २३ गते अगाडि आयोगमा नेकपा एमालेको दल दर्ता नम्बर ३२ तथा नेकपा माओवादी केन्द्रको दल दर्ता नम्बर ३७ थियो।
“निर्वाचन आयोगमा साबिकमा राजनीतिक दलका रूपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अब उप्रान्त अलग-अलग राजनीतिक दलका रूपमा एकीकरण हुनु अगाडिकै अवस्थामा कायम रहेको व्यहोराको जानकारी संघीय संसद सचिवालय, काठमाडौं, सातवटै प्रदेश सभा सचिवालय र सबै जिल्ला निर्वाचन कार्यालयहरूलाई गराउने” आयोगले भनेको छ।
अव नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच फेरी एकीकरणको वातावरण बनेको अवस्थामा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ विपरित नहुने गरी दुवै दलले आ-आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी आउन आयोगले आग्रह गरेको छ।